करोड जरिवाना गरिएका घिसिङ पक्राउ | Khabarhub Khabarhub

करोड जरिवाना गरिएका घिसिङ पक्राउ


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रहरीले उच्च अदालत पाटनबाट एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उक्त रकम तथा २१ दिन कैद सजाया ठहर गरेपछि फरार घिसिङलाई आज जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए ।

घिसिङले आफ्नो मेघा बैंक लिमिटेड बौद्ध शाखाको खातामा पर्याप्त रकम नभएको जानी–जानी पीडितलाई झुक्याएर ठगी गरेपछि अदालतले उक्त फैसला गरेको हो । घिसिङलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए । रासस

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०