सप्तकोसी नदीमा पानीको बहाव बढ्यो « Khabarhub

 सप्तकोसी नदीमा पानीको बहाव बढ्यो


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

राजविराज- सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।

कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेन्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जल स्तर बढ्दो क्रममा छ । यसैबिच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ  ।

बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ०९ बजे

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

काठमाडौँ– छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता

तेस्रो एकदिवसीयमा जिम्बावेविरुद्ध बङ्गलादेशको सानदार जित

काठमाडौं । जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशले सानदार जित

ग्रीसमा डुङ्गा डुब्दा दर्जनौं बेपत्ता

काठमाडौँ– एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी

रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटन व्यवसायीहरूकाे माग

काठमाडाैँ- पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह

सल्यानबाट चार जना जुवाडे पक्राउ

सल्यान । बागचौर नगरपालिका–३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा