देश विकासको लागि सबैले इमानदारितापूर्वक योगदान दिनुपर्छ : मन्त्री चौधरी | Khabarhub Khabarhub

देश विकासको लागि सबैले इमानदारितापूर्वक योगदान दिनुपर्छ : मन्त्री चौधरी


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

​​​​​​​काठमाडौँ- नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदमा बसुन्जेल देश र जनताको हित हुने गरी इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री चौधरीले देश विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गरे ।

मुलुकमा ठूलाठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै उनले देश विकासको लागि अब सबैले इमानदारितापूर्वक योगदान दिनुपर्ने बताए । उनले नेपालमा गलत काम गर्दा पनि सपोर्ट गर्ने अनि राम्रो काम गरेको छ भने विरोध गर्ने परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफ्नो पार्टीले तत्काल मन्त्रीहरू फिर्ता बोलाउनेबारे कुनै छलफल र सोच नबनाएको स्पष्ट पारे। मन्त्रीहरूलाई राम्रोसँग काम गर्नको लागि समय दिनुपर्ने भन्दै छिटोछिटो मन्त्रीहरू हेरफेर गरेको विषयमा जनता पनि त्यति खुशी नभएको उनको भनाई छ ।

नेता शर्माले पालो पुर्‍याएर तीन÷तीन महिना र छ महिना सरकारमा सहभागी हुने पद्धतिलाई प्रोत्साहन गर्न नहुने धारणा राखे। त्यस्तै उनले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनबिच सिटको बाँडफाँडमा पनि समस्या नहुने जिकिर गरे ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ०० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न