साधारण सभा नगरेको भन्दै उपभोक्ताले घेरे खानेपानी समितिका अध्यक्षको कार्यकक्ष | Khabarhub Khabarhub

साधारण सभा नगरेको भन्दै उपभोक्ताले घेरे खानेपानी समितिका अध्यक्षको कार्यकक्ष


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बर्दिबास नगरपालिकाको खानेपानी उपभोक्ता समितिले लामो समयसम्म साधारण सभा नगरेको भन्दै उपभोक्ताहरूले ध्यानाकर्षण गराएका छन् । मंगलबार कार्यालयमै पुगेर स्थानीय उपभोक्ताले अविलम्ब साधारण सभा गरेर खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन् ।

उपभोक्ता समितिले विधानअनुसार काम नगरेको, आयव्यय सार्वजनिक नगरेको र कार्य अवधि सकिँदा पनि मार्ग प्रशस्त नगरेको जस्ता आरोप लागेका छन् । विधानअनुसार तीन वर्षमा कार्यकाल सकिनुपर्ने भए पनि सात वर्ष बितिसक्दा नयाँ नेतृत्व चयन हुन सकेको छैन ।

‘म्याद नाघेको समितिले कुनै पनि निर्णय र चेकमा हस्ताक्षर गर्न नपाइने विधानमा व्यवस्था छ, तर उहाँहरूले निर्बाध रूपमा हस्ताक्षर गरेर आर्थिक कारोबार भएको देखिन्छ,’ स्थानीय देवनारायण महतोले भने ।

तर खानेपानी उपभोक्ता समितिबाट कुनै पनि प्रकारको अनियमितता नभएको समितिका अध्यक्ष भोला खड्काको दाबी छ ।

‘नियतवश हामीले सार्वजनिक गर्न कन्जुस्याइँ गरेका हैनौ अघिल्ला समितिले गरेको ट्रेन्ड अनुसार चल्दा यो अवस्था सिर्जना भएको हो,’ अध्यक्ष खड्काले भने ।

तर उपभोक्ताहरूले खानेपानीभित्रको पारदर्शिता यथाशीघ्र सार्वजनिक गर्नुपर्ने अडान लिएका छन् । खानेपानी कार्यालयस्थित अध्यक्ष खड्काको कार्यकक्षमा पुगेका उपभोक्ताहरूले साउनभित्र साधारण सभा सकेर भदौमा निर्वाचन गर्नुपर्ने माग राखेका छन् ।

खड्काले उपभोक्ताहरूको मागप्रति आफू संवेदनशील भएको र साउनभित्र सम्पूर्ण काम सक्ने बताए । अझै पनि विधि विधान विपरीत खानेपानी उपभोक्ता समितिले मनोमानी गरे खबरदारीका कार्यक्रम नै गर्ने समाजसेवी शकर फुँयालले चेतावनी दिए ।

खड्का निर्वाचित वडाध्यक्ष पनि हुन् । जनताको प्रत्यक्ष नभई नहुने खानेपानी जस्तो विषयमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने अर्का  उपभोक्ता निरज अधिकारीको तर्क छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : ५७ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,