ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-  बाराको निजगढ नगरपालिका-७ भमराटोलमा नेकपा एमाले मधेस प्रदेश सदस्य तथा किसान एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फ्रुट खेतीमा सफलता प्राप्त गर्दै गएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी खुसी देखिएका छन् ।

जिल्लाकै पहिलो व्यवसायको रूपमा श्रेष्ठले हेर्दै रहरलाग्दो, आर्गानिक तथा मिठो फल ड्रागन खेती सुरु गरेका थिए । निजगढका अगुवा तथा मेहनती किसान श्रेष्ठले करिब २२ लाखको लागतमा ४०० बोट ड्रागन फ्रुट १५ कठ्ठामा लगाएर व्यवसायको रूपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् ।

श्रेष्ठका अनुसार जुनसुकै माटो र मौसम समेत ड्रागन फ्रुटको लागि उपयुक्त हुने उनले बताए । ड्रागन फ्रुट खेतीको प्रति कठ्ठामा ५० वटा सिमेन्टको पिल्लर आवश्यक पर्ने हुन्छ । एउटा पिल्लरमा करिब ३ देखि ५ वटा ड्रागन फ्रुटको बाेट छन् । अहिले श्रेष्ठको १५ कठ्ठा आफ्नै बारीमा ४०० बोट ड्रागन फ्रुटका बोटहरू छन् । करिब २५० वटा बोटहरू फूल फुल्ने र फल फल्ने क्रममा रहेका छन् । श्रेष्ठले ड्रागन फ्रुटका साथमा अहिले खोर्सानी, भिण्डी र काँक्रोसमेत लगाएका छन् ।

श्रेष्ठका अनुसार प्रति कठ्ठाबाट वार्षिक कम्तीमा एक लाख ५० हजारसम्म आम्दानी हुने र यसको उत्पादनसँगै एकै ठाउँमा सानो बाेट हुने तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन सफल भएको श्रेष्ठले बताए ।

कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत साबित गर्दै व्यावसायिक ड्रागन फ्रुट खेतीमा उनी रमाइरहेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् श्रेष्ठ । ड्रागन फ्रुटको बजारमा माग धेरै रहेको हुँदा मागअनुसार ड्रागन फ्रुटसमेत बजारमा नरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने, युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन फ्रुट खेतीको सुरुवात गरिएको र ड्रागन फ्रुटको उत्पादनभन्दा बजारमा माग बढी रहेको बताए ।

बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको र सबैलाई यो फल चाख्न भ्याइ नभ्याइ भएको देख्दा भने खुसी लागेको श्रेष्ठले बताए ।पहिलो लटमा लगभग ७० हजार रुपैयाँको फल बेचेको उनले बताए । श्रेष्ठका अनुसार फूल फुलेको ३० औँ दिनमा फल पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ ।

गर्मी समयको वैशाखदेखि मंसिरसम्म मुख्य रूपमा फल दिने ड्रागन फ्रुट वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । श्रेष्ठको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दै छन् भने चौथो छिमालको फल उत्पादनको लागि पनि कोपिला बसिसकेको छ ।

ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । श्रेष्ठको बारीबाटै प्रतिकेजी ५०० देखि ६०० सम्ममा बिक्री हुने गरेको छ । श्रेष्ठको बारीको आकर्षक ड्रागन फ्रुट हेर्न धेरै मानिसहरू फार्म पुग्ने गरेका छन् ।

एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको श्रेष्ठले सुनाए ।

थोरै लगानीबाट व्यवसायी सुरु गर्न सकिने भएपछि ड्रागन फ्रुट खेती गर्ने बाराका कृषकहरू बढ्न थालेको छ । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि ड्रागन फ्रुट खेतीमा कृषकको आकर्षण बढेको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन