वीरगञ्ज महानगरले पत्रकारको दुर्घटना बीमा गरिदिने | Khabarhub Khabarhub

वीरगञ्ज महानगरले पत्रकारको दुर्घटना बीमा गरिदिने


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्य उपचारका दुर्घटना बीमा गरिने दिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो ।

महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य उपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

त्यसैग्ररी अध्ययन अनुसन्धान गर्न चाहने पत्रकारलाई अध्ययन भ्रमण र फेलोशिपको व्यवस्था गर्नाका साथै कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्ने योजना पनि महानगरले अघि सारेको छ ।

साथै लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक ढङ्गले पत्रकारलाई प्रदान गरिने तथा फेलोशिप कार्यक्रमलाई पनि महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । सञ्चारकर्मीलाई सक्षम र व्यावसायिक बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : २६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका