अमेरिकाको टेक्सासमा लरीभित्र ४६ आप्रवासी मृत फेला « Khabarhub

अमेरिकाको टेक्सासमा लरीभित्र ४६ आप्रवासी मृत फेला


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

टेक्सास – अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् । सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटर टाढा छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन् ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताए ।

मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ । सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ । सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सिय थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ४८ बजे

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८१ जनामा

नाइजेरियामा सेनाको कारवाहीमा २९ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको

राजधानीमा गाईजात्राको रौनक

काठमाडौँ- राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले

एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारी सुरक्षा कारवाहीमा मारिए

काठमाडौँ- अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)

मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य 

जनकपुरधाम– मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ