भूकम्पको प्रभाव : अफगानिस्तानको सहयोग याचना « Khabarhub

भूकम्पको प्रभाव : अफगानिस्तानको सहयोग याचना


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

देउगर गाउँका घर अब चिन्न सकिँदैन। माटोले बनेका घर क्षतविक्षत भइसकेका छन्। त्यसका टुक्राहरू दायाँ बायाँ जताततै छरिएका छन्।

अफगानिस्तानका दक्षिण पूर्वीप्रान्त पाकिस्तानको सीमाबाट २० माइल मात्र टाढा छ। गत साता अफगानिस्तानलाई ध्वस्त बनाउने भूकम्पको इपी सेन्टर त्यहीँ हो।

त्यहाँका अधिक घर ध्वस्त भएका छन्। भुईँमा धाँजा फाटेका छन्। बचेका घरहरू चिराचिरा परेका छन्। फेरि त्यहाँ बस्न पनि जोखिमकै महसुस हुन्छ। अत्यन्त जोखिम जस्तो लाग्ने चिरा परेका त्यस्ता घरमै अहिले २ सय ५० जना बसेका छन्। ग्रामीण क्षेत्रको कुनै दूर दराजको त्यस गाउँमा कुनै राहत सामग्री पुगेको छैन। सरकारले पनि चासो दिएको छैन।

अत्यन्त जोखिम जस्तो लाग्ने चिरा परेका त्यस्ता घरमै अहिले २ सय ५० जना बसेका छन्। ग्रामीण क्षेत्रको कुनै दूर दराजको त्यस गाउँमा कुनै राहत सामग्री पुगेको छैन।

गाउँको बायाँ क्षेउमा एक २० वर्षीय युवा भेटिए। अराफात गायन्कील नामका ती युवाको घर भिरालोमा थियो। त्यो घरका ढुङ्गा, झ्यालका फ्रेम र अन्य भौतिक पदार्थ एकै ठाउँमा डल्लो परेर अल्झेका छन्।

‘त्यस रात मैले केही पड्किएको जस्तो ठूलो आवाज सुनेको थिएँ। केही आएर मेरो टाउकोमा बज्रियो। मलाई म मरे कि भन्ने लागेको थियो। जसोतसो बाहिर निस्किएर बाँचेँ’, उनले भने, ‘मैले मलाई थिचेको माटो पन्छाएँ। त्यहाँ मेरी आमा भेटेँ। उनलाई छाम्दा मरिसकेको भन्ने पक्का भयो।’

यी सबै भनी रहँदा अराफतको अनुहारमा पीडा र आँसुको भेल देखिएको थियो। उनीहरू भूकम्प आएको समयमा निदाइरहेका थिए। त्यसै समय घरको माटोले आमालाई पुरेको हो।‘अहिले पनि मलाई उहाँको याद आइरहन्छ’, गायन्कीलले भने।

यो भूकम्पले उनका भाउजू र दुई बच्चाको पनि ज्यान लिएको छ। पल्लो घरको एक जना १२ वर्षको बच्चाको पनि निधन भएको छ। त्यस गाउँका दर्जनौँ घाइते भएका छन्।

जापिर खानका चार नाती अहिले अस्पतालमा उपचार गराइरहेका छन्। यी मध्यको एक जनाको टाउकोमा चोट लागेको छ। ‘मैले अहिलेसम्म गरेको मेहनतले जति जगेर्ना गरेको थिएँ, त्यो अर्थहीन भएको छ। अहिले हामीलाई सहयोग चाहिएको छ’, उनले भने।

गाउँको बाटो बन्द भएका छन्। भत्किएका घरमा ढिस्का बाटोमा खसेका छन्। कसैले पनि त्यसलाई सफा गर्ने तदारुकता अझै देखाएको छैन। गाउँका सबै भन्दा वृद्ध व्यक्ति ताज अलि खान पराकम्पपनका कारण फेरि कतै भूकम्प गइहाल्ने हो कि भन्ने चिन्तामा छन्। यसै कारण उनीहरूले त्यो सफा गर्ने हिम्मत गरेका छैनन्।

जापिर खानका चार नाती अहिले अस्पतालमा उपचार गराइरहेका छन्। यी मध्यको एक जनाको टाउकोमा चोट लागेको छ।

‘हामीले धेरै नै पराकम्पनको महसुस गरेका छौँ। प्रत्येक दिन कम्तीमा दुई वटा पराकम्प जाने गरेको छ। गएको रात पनि ११ बजे एउटा त्यस्तै भूकम्प गएको थियो। जसले हामीलाई झस्काएको थियो। यसपछि हामी बाहिर नै सुत्न थालेका हौं,’ खानले भने।

बाँसले घेरेर त्यसलाई प्लास्टिकले बारिएको छ। लुगाहरू भुइँमा राखिएका छन्। पालभित्र महिला मात्र सुत्ने गरेका छन्। पाल बाहिर पुरुषहरू सुत्ने गर्छन्। पहाडी क्षेत्रमा लगातार चट्याङ पनि परिरहेको छ।

राहत आइपुग्ने स्थान ग्यानमा पुग्न अर्को एक घण्टा लाग्छ। तालीवान सरकार तथा अन्य दातृ संस्थाबाट खाने सामग्री तथा अन्य राहतका सामग्री आइपुग्ने गरेका छन्।

एक घण्टा टाढाको त्यस स्थानमा राहत लैजानका लागि पनि कच्ची बाटोको पार गर्नुपर्छ। बाटोमा कैयौँ पुल नभएका खोला तर्नु पर्छ। केही पहाडी क्षेत्र पनि पार गर्न साँच्चै टिठ लाग्दो यात्रा हुनेछ। यसमा थपिएको भोकमरी समस्या छँदै छ। सामानले भरिएका ट्रकको यात्रा त अझ धेरै नै कठिन छ।

लुगाहरू भुइँमा राखिएका छन्। पालभित्र महिला मात्र सुत्ने गरेका छन्। पाल बाहिर पुरुषहरू सुत्ने गर्छन्। पहाडी क्षेत्रमा लगातार चट्याङ पनि परिरहेको छ।

‘प्रत्येक दिन यस गाउँका मानिस खानेकुरा सहयोगका लागि ग्यान पुग्ने गरेका छन्। तर, उनीहरू रित्तै हात फर्कने गरेका छन्’, ताज अलि खानले भने, ‘म संसारसँग अनुरोध गर्न चाहन्छु कि हामीलाई सहयोग गर्नुस्। हामीलाई खाना चाहिएको छ। हामीलाई हाम्रो घर पुननिर्माण गर्न पैसा पनि चाहिएको छ।’

त्यसो त भूकम्पभन्दा अगाडि पनि गाउँ भित्र सबै कुरा यथेष्ट भएको भने होइन। त्यहाँ धेरै जसो मजदुरी गर्ने छन्। कोही वनबाट पाइन ल्याएर यसैका सामग्री बनाएर व्यापार गर्ने गरेका छन्। त्यहाँका स्थानीयले बताए अनुसार पहाडको पूर्व र उत्तर क्षेत्रमा धेरै जसो गाउँ अझ धेरै नास भएका छन्। त्यहाँ राहत पुगेको छैन।

अफगानिस्तानलाई अहिले प्रशस्त सहयोगको आवश्यकता छ। फुड प्याकेट मात्र होइन, अन्य विविध विषयमा सहयोगको आवश्यकता भएको हो। ग्रामीण र पहाडी भेगमा त अझ समस्या थुप्रिएका छन्। गरिबीको मारमा परेका त्यस क्षेत्र यसभन्दा पहिले पनि सहज अवस्थामा पक्कै थिएनन्। पछिल्लो दिन भूकम्प त उनीहरूको दिनचर्या अझ खराब बनेको छ। एकातिर आफन्त गुमाएको पीडा छ। बाच्नेको अवस्था पनि कठिन छ।

जब गरिब देशमा प्राकृतिक विपत्ति आइलाग्छ, संसारले राहत सामग्री र सैन्य सहयोग त्यस देशको उद्धार कार्यमा खटाउने प्रचलन छ।

ग्रामीण क्षेत्रमा सहयोग गर्नका लागि हवाई सेवा र दक्ष विपद् व्यवस्थापन टोलीले सम्भव त थियो। तर, तालीवान सत्ताले यो सबै गर्न सकिरहेको छैन।

जब गरिब देशमा प्राकृतिक विपत्ति आइलाग्छ, संसारले राहत सामग्री र सैन्य सहयोग त्यस देशको उद्धार कार्यमा खटाउने प्रचलन छ। तर, अफगानिस्तान सरकारलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको छैन। यस कारण त्यहाँका बासिन्दाले अन्तर्राष्ट्रिय क्षेत्रसँग आफैंले सहयोग मागी रहेका छन्। अन्तर्राष्ट्रिय निकायले त्यहाँको शासकको अनुहार होइन, आम व्यक्तिको पीडालाई हेरिदिए हुन्थ्यो भन्ने उनीहरूको चाहना छ। जुनसुकै समय यस्तै अर्को भूकम्प आउँछ कि भन्ने डरलेसमेत उनीहरूलाई अझै सताइ रहेको छ।

त्यहाँ अहिलेको पीडा र हृदय विदारक घटना हेर्दा जो कोहीका पनि आँखा रसाउन सक्छन्। त्यस्तै दुःख ग्यानमा रहेका रहमात गुलको छ। उनको परिवारका सात जनाले यसै भूकम्पका कारण ज्यान गुमाए। तीन छोरी र चार नाति नातीनाको ज्यान गएको पीडामा उनी छटपटाइ रहेका छन्।

धुवाँ र धुलोले त्यत्तिकै सताइएको छ। उनीहरूलाई हरेक कुराको आवश्यकता छ। स्वास्थ्य संयन्त्र तहसनहस नै भएको छ। पाँच जना मात्र पुग्ने अस्पतालको बेडमा ५ सय जनासम्म पुगेका छन्। गत वर्षको अप्रिल महिनामा तालीवान सत्तापछि त्यहाँको आर्थिक अवस्था प्रत्येक दिन बिग्रिएको थियो। प्रति व्यक्ति आयु घटेको छ। अन्तर्राष्ट्रिय निकाय त्यहाँ सहयोग गर्न त्यसै पनि इच्छुक थिएनन्। यसै बीचमा आएको भूकम्पको कारण जनजीवन अझ कठिन हुनु त स्वाभाविक नै हो।

धुवाँ र धुलोले त्यत्तिकै सताइएको छ। उनीहरूलाई हरेक कुराको आवश्यकता छ। स्वास्थ्य संयन्त्र तहसनहस नै भएको छ। पाँच जना मात्र पुग्ने अस्पतालको बेडमा ५ सय जनासम्म पुगेका छन्।

भूकम्पपछि युएन एड एजेन्सीले सबै भन्दा बढी सहयोग गरेको छ। त्यहाँ मर्नेको एकिन सङ्ख्या सरकारले नै सार्वजनिक गर्न सकेको छैन। कम्तीमा १ हजार जनाको ज्यान गएको प्रारम्भिक अनुमान भए पनि युएन एडले त्यो भन्दा धेरै जनाको ज्यान गएको हुनसक्ने जनाएको छ। ५.९ रेक्टर स्केलको भूकम्प जाँदा धेरै जना घरमा सुतिरहेको अवस्था भएकाले मर्नेको सङ्ख्या धेरै भएको जनाइएको छ। भूकम्पले प्रभावित क्षेत्रमा माटोको कमसल घर भएका कारण प्रायः घर भत्किएका छन्।

अफगानिस्तानको शासन सत्ता हेर्ने हो भने अन्तर्राष्ट्रिय निकायले चासो नदिनुलाई स्वभाविक मान्न सकिन्छ। तर, अहिले शासक होइन, त्यहाँका नागरिक दुःखमा छन्। जो संसारप्रति सहयोगको याचना गरिरहेको छ। स्रोतः बीबीसी, भ्वाइस अफ अमेरिका

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ३० बजे

मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य 

जनकपुरधाम– मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ

शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सबै निकाय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

काठमाडौँ- नेपालले एक वर्षमा करिब ३ अर्ब रुपैयाँको कुकुर र

सूचनाको हक सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

पोखरा– गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हक सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित

ला लिगा : के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ? 

काठमाडौँ- गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै