कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप | Khabarhub Khabarhub

कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् ।

दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी छन् ।

पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा आरोपितले गम्भीर परिणाम भोग्ने धम्कीसमेत माधवनले दिएको एक प्रहरी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ४० बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा