जेलेन्स्कीसँग वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह | Khabarhub Khabarhub

जेलेन्स्कीसँग वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् ।

रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा युरोपेली युनियन इयुका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई युक्रेनबाट हटाउन’ दबाब दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले जनाएको छ ।

म्याक्रोँ र सोल्जले पुटिनलाई ‘युक्रेनी राष्ट्रपतिसँग गम्भीर तथा प्रत्यक्ष वार्ता गर्न र यस द्वन्द्वको कूटनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।’ चान्सलरको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार तीन नेताहरूबीच टेलिफोनमार्फत् कुराकानी भएपछि ‘फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरले अजोभ्स्टलमा युक्रेनी सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि रूसको नियन्त्रणमा रहेका करिब दुई हजार ५०० जनालाई मुक्त गर्न पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ४४ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती