प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण! « Khabarhub

प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण!


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार ३ सय १० रुपैयाँ ऋण परेको छ ।

आज शनिवार प्रतिनिधिसभाको बैठकमा पेश भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार हाल नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब पुगेको सर्वेक्षणले देखाएको थियो ।

गत आर्थिक वर्षको भन्दा २०७८ को फागुनसम्मको सर्वेक्षणले पहिलेको तुलनामा यो आर्थिक वर्षमा ६.३९ प्रतिशत ऋण बढेको हो ।

२०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । यसरी हेर्दा यो आर्थिक वर्षमा नेपालीको थाप्लोमा अझ बढी ऋण बाेकाइएको देखिएको हो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ३१ बजे

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बैतडी- बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्

बेँसीशहर-चामे सडक अवरुद्ध

लमजुङ- लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे

रकमी बन्दै छन् विपिन ?

कुनै समय थियो जति बेला चिनिएको अनुहार पोस्टरमा देख्दा दर्शक

महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको छ : अध्यक्ष गोले

महोत्तरी– भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महोत्तरीमा लालपुर्जा वितरण प्रक्रिया

‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक

काठमाडौँ– ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को टाइटल टिजर सार्वजनिक