अनुसन्धान समिति गठनपछि दाहालको शव बुझ्न आफन्त तयार  | Khabarhub Khabarhub

अनुसन्धान समिति गठनपछि दाहालको शव बुझ्न आफन्त तयार 


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव बुझ्न आफन्त तयार भएका छन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको माग सहित विरोध प्रदर्शनमा उत्रिएका आफन्त घटनाको विषयमा अनुसन्धान समिति गठन गरेपछि शव बुझ्न तयार भएका हुन् । 

शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको मृतकका आफन्त, प्रशासन, प्रहरी लगायतको वार्ताले प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि मृतक परिवार शव बुझ्न तयार भएका हुन् । 

समितिको सदस्यमा प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्री, प्रहरी सहायक निरीक्षक कुमार विष्ट, प्रहरी हवलदार विपिन योगी, प्रहरी हवलदार कैलाश लिम्बू र प्रहरी जवान सोमप्रसाद पहाडी राखिएका छन् । घटनाको विषयमा अनुसन्धान समिति बनाउने निर्णयसँगै मृतकका आफन्त शव बुझ्न तयार भएको वडाध्यक्ष खगेन्द्र राईले बताए । 

दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति ‘मृत्यु नभई हत्या भएको’ छोरा नवराज दाहालले दाबी गरे । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस प्रदर्शन गरेका थिए । 

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभई भुईँमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा नीलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ । 

यस्तै, नेपाल प्रेस युनियनले दाहालको मृत्युको विषयमा सत्यतथ्य पत्ता लगाउन र वास्तविकता बाहिर ल्याउन माग गरेको छ । युनियनका सचिव चिसाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा प्रहरीसँगै नजिक रहेको स्थानमा भएको घटनाको विषयमा यथाशीघ्र अनुसन्धान गरी नतिजा बाहिर ल्याउन माग गरिएको छ । 

मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह संयोजक थिए । उनी क्षितिज बहुउद्देश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए । 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : २८ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले