नाइजेरियाको चर्चमा भागदौड हुँदा ३१ जनाको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियाको चर्चमा भागदौड हुँदा ३१ जनाको मृत्यु


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

दक्षिणी नाइजेरियामा रहेको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासी भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।

“प्रहरीले कम्तीमा ३१ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य केही घाइते भएका छन्,” स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज कोकाले भने ।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् । 

 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ८ : ५९ बजे

प्रदेशसभा सदस्यका उम्मेदवार भण्डारीका बुबाको निधनप्रति एमालेको दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका

सिपीको आक्षेप- भारतको दाल, डुकू खाएर माओवादीले एक दशक हतियार चलायो

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा १९ दिन

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५०

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६