मन्त्री अथकद्वारा राष्ट्रिय क्रिकेट टोलीको बिदाइ   « Khabarhub

मन्त्री अथकद्वारा राष्ट्रिय क्रिकेट टोलीको बिदाइ  


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौंमा आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिएका छन् । नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले जानकारी दिएका छन् ।

सिरिजमा नेपाल, अमेरिका र ओमानबिच प्रतिस्पर्धा हुनेछ । जसका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : ०५ बजे

राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक

सहकारी कमाउने कि गुमाउने ?

कोभिड-१९ ले असर पारेको क्षेत्र मध्ये सहकारी पनि एक हो।

१० हजार बोरा युरिया मल उपलब्ध गराउने सहमति

पर्सा – वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार

कोहेलपुर–सुर्खेत सडक खण्डमा राति दुई पाङ्गग्रे सवारी बन्द

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा