काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएका छन् : दाहाल | Khabarhub Khabarhub

काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएका छन् : दाहाल


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएको बताएका छन् । अज प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दाहालले स्वतन्त्र उम्मेदवारहरूको जितलाई दलहरूप्रतिको वितृष्णा भन्न नमिल्ने बताएका हुन् । 

दलहरूले आत्मसमीक्षा गर्नैपर्ने गरी भने दुवै ठाउँका जनताले प्रश्न उठाएको उनले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको जस्तो ठान्छु म । यही संविधानकै फूलबारीभित्र उहाँहरू आउनु भएको हो’ उनले भने 

राजनीतिक दलबाट उम्मेदवार छनोट गर्दा त्रुटि भएको हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘हामीलाई सचेत हुन र आफ्ना कमीकमजोरी सच्याउनका लागि अवसर पनि हो ।
आफ्नो विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनु नै विशिष्ट रहेको र त्यसलाई विशिष्ट मान्नुपर्ने उनले बताए ।

उनले जुन विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो त्यो विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ । उहाँहरूका पछाडि कुनै पार्टी र पार्टीका मान्छे पछि लागेको देखिएन । अब तपाईंहरू जनताका भावना र जनताका आकांक्षाहरूलाई पूरा गर्नतर्फ लाग्नुहोला’ उनले भने । राजनीतिक दलहरूले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि उनको भनाई छ । ‘राजनीतिक दलहरू हामी एक्लै पूर्ण छौँ भनेर अघि बढेका थियौँ भने काठमाडौं र धरानका जनताले हामीलाई प्रश्न खडा गरेकै हो’ उनले भने ।

 धरान र काठमाडौंका मेयरजस्ता पात्रहरू इतिहासमै देखा परे पनि घेराबन्दीमा पारिने खतरा रहेको पनि उनले बताए । ‘यस्ता पात्रलाई घेराबन्दी गरेर चुनावमा गरेका वाचालाई पूरा गर्न नदिइने चुनौती देखा पर्छ तर त्यसलाई चिर्दै अघि बढेमा राजनीतिक दललाई पनि सच्चिने मौका मिल्नेछ’ उनले भने ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ४ : ०१ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस