ओलीको सम्बोधनलाई टिप्पणी गर्दै सांसद् थापाले भने, आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ  | Khabarhub Khabarhub

ओलीको सम्बोधनलाई टिप्पणी गर्दै सांसद् थापाले भने, आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ 


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गरेको सम्बोधनका बारेमा टिप्पणी गर्दै उनले भने, “यतिबेला हामीले सुनिदिनुपर्छ ।

कुन स्थानमा कसरी जवाफ दिने हामी पछि गरौँला ।” प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा गलत विषयलाई उठाएको भन्दै सांसद थापाले प्रश्नको उत्तर हुने भए पनि आवेग कुण्ठाको कुनै उत्तर नहुने बताए ।

कांग्रेसका महामन्त्री थापाले भने, “प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । रन्थनिएका बेलामा उठेर सुतेर, बसेर जसरी बोले पनि हुन्छ । हामीले सुनिदिनुपर्छ ।” प्रमुख प्रतिपक्षी दलका नेताले रन्थनिएका बेला आफ्ना धारणा राख्नुभएको टिप्पणी थापाले गरे ।

उनले भने, “कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्नुपर्छ ।” उनले निर्वाचन हुँदैन भनिएको थियो, सानदार रुपमा सम्पन्न भएको उल्लेख गर्दै उनले बाजुराको बूढीगङ्गामा स्थगित भएको निर्वाचनको पनि निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  २ : ५२ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा