प्रचण्डले भने- काठमाडौं र धरानका मेयर मात्रै स्वतन्त्र | Khabarhub Khabarhub

प्रचण्डले भने- काठमाडौं र धरानका मेयर मात्रै स्वतन्त्र


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरले मात्र स्वतन्त्रबाट जितेको बताएका छन् ।

संसद्‍मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने प्रचण्डको भनाइ छ ।

उनले स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौती भन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए । दुवै फूलरुपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे । यी मेयरलाई प्रचण्डले सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।

उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १२ : ४६ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही