लकडाउनलाई सीप तिखार्न खर्चेकी जम्मुकी बेकरी उद्यमी | Khabarhub Khabarhub

लकडाउनलाई सीप तिखार्न खर्चेकी जम्मुकी बेकरी उद्यमी


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्मु सहरमा बस्ने सना गुप्ता अहिले गान्धी नगरस्थित एउटा सरकारी कन्या क्याम्पसमा बी. कमको अध्ययन गरिरहेकी छिन् । नजिकैको जम्मु विश्वविद्यालयमा एबीएको अध्ययन गर्ने उनको धोको छ ।

तर, उनको पहिचान यतिमात्र होइन । उनको आफ्नै व्यापार छ ।

अहिले उनले जम्मुकै अख्नूर रोडमा रहेको बर्नइ भन्ने स्थानमा आफ्नै व्यापार सुरु गरेकी छिन् ।  उनी ‘बाटर एण्ड क्रम्ब्स’ नामक बेकरी चलाउँछिन् । उनले ब्राउनी, कपकेक, केक जार, ड्राइ केक, असोर्टेड चकलेट र कस्टमाइज केकजस्ता मीठा मीठा परिकार बनाएर जम्मुका मानिसहरुलाई खुवाइरहेकी छिन् ।

धेरै पनि भएको छैन कोभिड महामारीे चरम उत्कर्षमा थियो । कोभिड महामारी र लकडाउनको फुसर्दिलो समयलाई आफ्नो बेकिङपाककलाको सीप तिखार्नमा खर्च गरिन् । उनलाई यसमा आमा र बहिनीले पनि साथ दिए । उनका लागि लकडाउनको फुर्सदिलो समय पर्याप्त पनि थियो ।

बेकरीप्रतिको रुचिकै कारणले गर्दा कुनै समय पञ्जाब प्रान्तको लुदियाना सहरमा यसबारे तालिम समेत लिएको उनी बताउँछिन् ।

‘अहिले म गान्धी नगरको सरकारी कन्या क्याम्पसमा बी. कम पढिरहेकी छु र जम्मु विश्वविद्यालयबाट एमबीए सकेपछि पनि व्यवसायलाई निरन्तरता दिन चाहन्छु । म अहिले आफ्नो अध्ययनमा बढि ध्यान दिइरहेकी छु । भविष्यमा सफल व्यापार स्थापित गर्नेबारे पनि मेरो ध्यान छ ।’

यस कामप्रति परिवारबाट समेत सहायता मिलेको उनी बताउँछिन् ।

‘म अहिले आफ्ना उत्पादनहरु इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा पनि प्रवर्द्धन गरिरहेकी छु त्यहाँबाट पनि मलाई ठूलो हौसला मिलेको छ ।’ उनले भनिन् ।

उनका अनुसार कसैसँग कामप्रति इच्छाशक्ति र लगाव छ भने जहिल्यै पनि त्यहाँ कदम चाल्ने आवश्यकता रहन्छ ।

(ग्रेटर कश्मीरबाट)

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ०४ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर