‘लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट 'द बास्केट' लाई १ लाख ५० हजार | Khabarhub Khabarhub

‘लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट ‘द बास्केट’ लाई १ लाख ५० हजार


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ ।

चलचित्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको यो फिल्मले २ लाख नगदसहित पुरस्कार जितेको हो ।

प्रतियोगितामा सहभागी हुन आएका ५६ फिल्ममध्ये २० फिल्मलाई दर्शकले मत दिन पाउने गरी आयोजकले सामाजिक सञ्जालमा राखेका थिए । यही आधारमा दर्शकको ५० प्रतिशत अंक भार र जुरीको ५० अंक भार जोडी चार विजेता छनोट गरिएको हो ।

२० फिल्ममध्ये सुरेन्द्र प्रजापतिको ‘शुन्य’ दोस्रो र राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो भएको थियो । शर्मा क्रिएसनको ‘अछोप’ले सान्तवनामा चित्त बुझाएको थियो ।

उनीहरुले क्रमश: १ लाख ५० हजार, ५० हजार र २५ हजार रुपैंयाँ प्राप्त गरे । विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र दिएको थियो ।

निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए ।

प्रतियोगिताको जुरीमा कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह–सचिव फणिन्द्र गौतम, निर्माता, निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल थिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ८ : ५० बजे

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा