टोखामा नगरकार्यपालिका ८ सदस्य चुनिए « Khabarhub

टोखामा नगरकार्यपालिका ८ सदस्य चुनिए


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो ।

टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ परियार नेपाली, सायरा परियार, जगतमाया प्रजापति महर्जन, लिलादेवी अधिकारी र शान्ता राई रहेका छन् ।

यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा एमालेकै बच्चुराज बस्याल, सरिता घले र प्रेमकुमार सुनुवार निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शर्माले बताए । नवनिर्वाचित कार्यपालिका सदस्यलाई शुक्रबारै प्रमाणपत्र वितरण गरिएको छ ।

अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका थिए।

यस्तै, टोखाको अधिकांश वडामा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ७ : ३१ बजे

ठूला ढुङ्गा खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ– अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर

पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड अवरुद्ध

दमौली– मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको

‘केन्द्रीय समिति बैठक र चुनावको समीक्षा हुनैपर्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत मंसिरमा दोश्रो पटक पार्टी

अफगान भूकम्पमा मालिक गुमाएको कुकुर 

काबुल – अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति

पहिरोले बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध

गलकोट – निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध