बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ प्रहरीले बहुविवाह मुद्दामा कैद फैसला सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

 प्रहरीले मर्स्याङ्दी गाउँपालिका-७ बस्ने वर्ष ४६ का शेरबहादुर अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीमाथि जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २ गते बहुविवाह कसुरमा मुद्दा दर्ता भएको थियो । अधिकारीलाई ११ महिना १० दिन कैदमा बस्नु पर्ने गरी २०७७ पुस ३ गते जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला सुनाइएको थियो ।

अधिकारीलाई बिहीबार सदरमुकाम बेँसीशहरबाट पक्राउ गरी जिल्ला अदालत लमजुङमा पेस गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ३८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन