इम्यानुएल म्याक्रोंमाथि गोलभेँडा प्रहार | Khabarhub Khabarhub

इम्यानुएल म्याक्रोंमाथि गोलभेँडा प्रहार


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंमाथि गोलभेँडा प्रहार भएको छ । राष्ट्रपति पदमा आइतबार पुनः निर्वाचित भएपछि सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोंमाथि गोलभेँडा प्रहार भएको बेलायती अखबार डेली मेलको अनलाइन संस्करणले जनाएको छ । 

राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोंले फ्रान्सेली जनतालाई धन्यवाद दिन पेरिस नजिकैको सेर्जी नगरको भ्रमण गर्ने बेला भीडबाट कसैले उनलाई गोलभेँडाको झोलाले प्रहार गरेको थियो ।

तर, राष्ट्रपतिलाई गोलभेँडाले लागेन । म्याक्रोंलाई प्रहार गरेको गोलभेँडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलेँभडाले लागेपछि ती सुरक्षाकर्मी अत्तालिएर चिच्याएका थिए ।

तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोंलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष छाता खोलेर म्याक्रोंलाई ढाकेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : ५१ बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत