अफगानिस्तानको कोइला खानीमा बन्दुकधारीले आक्रमण गर्दा ५ कामदारको मृत्यु « Khabarhub

अफगानिस्तानको कोइला खानीमा बन्दुकधारीले आक्रमण गर्दा ५ कामदारको मृत्यु


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा बन्दुकधारीको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको को सामाङ्गन प्रान्तस्थित कोइला खानीमा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अज्ञात बन्दुकधारीहरूको आक्रमणमा परी मारिनेमा उक्त कोइला खानीमा कार्यरत ५ कामदार रहेको बताइएको छ ।

अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका स्थानीय अधिकारीहरूका अनुसार उक्त घटना अफगानिस्तानको बाल्ख प्रान्तको सिमानामा रहेको दारा–ए–सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा भएको थियो ।

सरकार सञ्चालित बख्तार समाचार एजेन्सीको रिपोर्ट अनुसार खानीमा काम गर्नेहरूलाई शुरुमा लुटिएको थियो त्यसपछि गोली हानिएको थियो । सबै मारिनेहरू जिल्लाका स्थानीय बासिन्दा हजारा समूहका रहेको बताइएको छ ।

उक्त घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ । पछिल्लो समय विश्व समुदाय अफगानिस्तानमा आतङ्कवादको पुनरुत्थानको बारेमा चिन्तित रहेको बताइएको छ ।

अफगानिस्तानमा तालिबान सरकारले बारम्बार विजयको दाबी गरेको र अफगानिस्तानमा शान्ति र स्थायित्वको आश्वासन दिए पनि धेरै शहरहरूमा बम विस्फोट र आक्रमणहरूको शृङ्खलाले त्यसलाई थप चिन्तित तुल्याएको छ।

हालैका दिनहरूमा भएका आक्रमणहरूको क्रमले संयुक्त राष्ट्र संघ, पूर्व अफगान राजनीतिज्ञहरू साथै मानवअधिकार समूहहरू लगायत विश्व समुदायले निन्दा गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : ३८ बजे

कतार फिफा विश्वकप आउन अब १०० दिन बाँकी

दोहा – कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब

सुपरस्टारले खेल्ने धनाढ्य क्लबको आधा शताब्दी

काठमाडौँ : युरोपका धेरै खेलाडीको बढ्दो उमेर र क्लबले सम्झौता

सुदर्शनले ८ वर्षपछि फिल्ममा कमव्याक गर्दै

काठमाडौँ – अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका

दाङमा डायलायसिस मेसिन आयो, जडान भएन

तुलसीपुर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ

डर्टमुन्डको पुनरागमन जित

काठमाडौँ – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी