विदेशी मोह त्यागेर नेपाल फर्किएका डाक्टर | Khabarhub Khabarhub

विदेशी मोह त्यागेर नेपाल फर्किएका डाक्टर

जो नेपालीको मुटु जोगाउन सक्रिय छन्



पर्वतको एउटा गाउँमा जन्मिएका व्यक्ति अहिले विश्वले चिन्ने डाक्टर बनेका छन्। सहप्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराई विश्वका शक्ति राष्ट्रमा बस्ने मोह त्यागेर स्वदेश फर्किएका हुन्। रुस, अमेरिका तथा युकेको मोह त्यागेर उनी नेपाली माटोमा काम गर्छु भन्दै स्वदेश फर्किएका हुन्। २०३४ सालको कार्तिकमा पर्वतको मोदी गाउँपालिकामा जन्मिएका भट्टराईले विद्यालय तहको शिक्षा पर्वतको म्यादीबाट लिए। उनले मामाघरमा बसेर विद्यालय तहको अध्ययन गरेका हुन्। उनी एसएलसी पास गरेपछि पढ्नका लागि रुस पुगे।

‘मेरो अंकल रुसमा भएकाले एसएलसीपछि म रुस पुगेँ’, उनी रुस यात्राको सम्झना गर्छन्। सन् १९९४ मा एमबीबीएस पढ्न उनी रुस पुगेका हुन्। एमबीबीएस सकेपछि उनले सन् २००२ देखि २००४ सम्म टिचिङ अस्पतालमा मेडिकल अफिसरको रुपमा सर्जरी विभागमा काम गरे। त्यसपछि २००५ मा छात्रवृत्तिमा एमडी पढ्न उनी रुस पुग्छन्। सन् २००८ पछि फेलोसिपमा इन्टरनेशनल हार्ट स्कुल, इटालीमा उनको अध्ययन सुरु हुन्छ। सन् २००९ देखि २०१३ सम्म इटलीमा रहेर पीएचडी गर्छन्। पीएचडी अध्ययनका क्रममा उनले त्यहाँ थुप्रै शल्यक्रियामा सहभागी हुने अवसर पाउँछन्। त्यहाँबाट फेरि एक वर्षको फेलोसिप पाएर उनी अमेरिका पुग्छन्।

साथीसँग मिलेर नजिकैको पोखरीमा गएर भ्यागुता चिरेर मुटु झिकेर हेरे। जतिबेला उनी १२ वर्षका थिए। स्वास्थ्य क्षेत्रमा रुची बढ्नुको पछाडि यो घट्नाले महत्वपूर्ण भूमिका खेलेको डाक्टर भट्टराईको भनाइ छ।

अमेरिका पुगेपछि उनले हार्वड युर्निभरसिटी बोष्टनमा एक वर्ष काम गर्ने अवसर पाएका छन्। त्यत्तिमात्र होइन, उनले स्वीटजरल्याण्ड, बेलायत र अष्ट्रेलियामा हार्ट सर्जरीको ट्रेनिङको अवसरसमेत पाएका छन्।

भ्यागुताको मुटु झिकेको त्यो दिन
‘मुटु यस्तो अंग हो जसलाई बाहिर झिकेर राख्दा पनि चलिरहन्छ’, अनिल कक्षा ८ मा पढ्दै गर्दा स्वास्थ्य शिक्षाको कक्षामा शिक्षकले भनेका थिए। उनलाई त्यो सुन्दा अचम्म लागेको थियो। उनी र उनका साथी मिलेर नजिकैको पोखरीमा गएर भ्यागुता चिरेर मुटु झिकेर हेरे। जतिबेला उनी १२ वर्षका थिए। स्वास्थ्य क्षेत्रमा रुची बढ्नुको पछाडि यो घट्नाले महत्वपूर्ण भूमिका खेलेको डाक्टर भट्टराईको भनाइ छ।

प्रेरणाको स्रोत
कार्डियो सर्जरीका विशेषज्ञ अमेरिमी डा. माइकल डिबिएगीको बायोग्राफी पढेर आफू निकै प्रभावित भएको डा. भट्टराई बताउँछन्। आफ्ना प्रोफेसर जोभान स्थेलिङबाट पनि भट्टराई धेरै प्रभावित भएका छन्। जोभान स्थेलिङ उनका इटालियन प्रोफेसर थिए। उनी त्यो समयमा वल्र्ड सोसाइटीको प्रेसिडेन्ट पनि थिए। प्रोफेसरले विशेष गरेर तेस्रो राष्ट्रमा कार्डियो सर्जरी त्यति विकसित भएको छैन भन्ने हिसाबले भट्टराईलाई धेरै सहयोग गरेका थिए।

सर्जरीमा सबैभन्दा धेरै अभ्यासको जरुरी छ। नेपालबाट पुगेका मानिसलाई त्यहाँ सजिलैसँग काममा एक्सपो दिन गार्हो थियो। तर, प्रोफेसरले भट्टराईलाई ठूलो सहयोग गरेका थिए। उनको सहयोगलाई नै उनले ठूलो एक्सपोजर मानेका छन्। यसलाई नै उनले आफ्नो प्रेरणाको स्रोत मानेका छन्।

उत्कृष्ट अवार्ड
पीएचडी गर्ने क्रममा उनले सन् २०११ अक्टोबर ‘फ्रान्सिस फन्टान’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरे। उक्त पुरस्कार संसारभरको मुटुरोग विशेषज्ञ वा यस क्षेत्रमा महत्वपूर्ण अनुसन्धान गरेबापत हरेक वर्ष एक जनालाई प्रदान गरिन्छ। पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसको विशेष सभामा आफ्नो रिसर्चले उक्त पुरस्कार पाएपछि डा भट्टराईलाई धेरै हौसला मिलेको थियो।

संसारको उत्कृष्ट कार्डियो सर्जनको अवार्ड पाएका भट्टराईले नेपालमा भने विद्याभूषण (क) २०७३ मा र जनरल सेवा श्री तृतीय २०७७ मा राष्ट्रपतिबाट पाएका छन्।

संसारको उत्कृष्ट कार्डियो सर्जनको अवार्ड पाएका भट्टराईले नेपालमा भने विद्याभूषण (क) २०७३ मा र जनरल सेवा श्री तृतीय २०७७ मा राष्ट्रपतिबाट पाएका छन्। त्यस्तै, २०७८ मा स्वास्थ्य दपर्ण अवार्ड पनि पाएका छन्। उत्कृष्ट अवार्ड पाएका डाक्टरले पहिलो पटक नेपालमा उत्कृष्ट प्रविधि भित्र्याएर सानो प्वाल पारे अपरेस गर्ने कामको सुरुवात गरेका छन्।

मुटुको उपचारले दिएको खुशी
मुटु रोग निकै जटिल मानिन्छ। उपचार गर्दा ९५ प्रतिशत सफल हुन्छ। ५ प्रतिशत सफल नहुनसक्छ। ‘हामीले सात देखि आठ सय मुटुको ओपन हार्ट सर्जरी ग–यौँ भने ३५ देखि ४० जनाको मृत्यु हुन्छ’, डा. अनिल भन्नुहुन्छ, ‘तर, सात सय ७० जनाले नयाँ जीवन पाउँछन्।’ उपचारको क्रममा दुःखद् घटना भइहाल्ने उनको अनुभव छ। चिकित्सकले धेरै प्रयास गरेको हुँदा यस्तो घटना हुँदा दुःख लाग्ने उनको भनाइ छ।

एक ९ महिनाकी गर्भवतीलाई मुटुबाट निस्कने मुल नली फुटेर अस्पताल ल्याइएको थियो’, डा. अनिल भन्छन्, ‘हामीले अपरेशनबाट आमा र बच्चा दुबै जनालाई बचाउन सक्यौँ। त्यो मलाई अहिलेसम्म सबैभन्दा खुशी लागेको क्षण हो।’

उपचारमा संलग्न भएपछि बारबार खुशी र दुःख साथसाथै हुने उनको अनुभवले देखाउँछ। ‘उपचारको क्रममा खुशीका कुराहरु पनि धेरै छन्। जसमध्ये एउटा कुराको भने मलाई सधैं याद आइरहन्छ। यो तीन वर्ष अगाडिको कुरा हो। एक ९ महिनाकी गर्भवतीलाई मुटुबाट निस्कने मुल नली फुटेर अस्पताल ल्याइएको थियो’, डा. अनिल भन्छन्, ‘हामीले अपरेशनबाट आमा र बच्चा दुबै जनालाई बचाउन सक्यौँ। त्यो मलाई अहिलेसम्म सबैभन्दा खुशी लागेको क्षण हो।’

सन् २००६ देखि मुटुरोग शल्यक्रिया सुरु गरेका डाक्टर अनिल मुटु र अरु शल्यक्रिया गरेर हालसम्म ११ हजार भन्दा बढी शल्यक्रिया गरिसकेका छन्। ‘एउटा डाक्टरको लागि बिरामी बाँच्नु नै सबैभन्दा ठूलो जित हो। हरेक सफल शल्यक्रियाले हामीलाई उत्साहित र जिम्मेवार बनाउँछ’, डा. अनिल भन्छन्।

नेपालमा मुटुको उपचार
नेपालमा सबै किसिमको मुटुको अप्रेसन सम्भव भएको उनको भनाइ छ। भल्भ फेर्ने सर्जरी, बाइपास सर्जरी, जन्माजात मुटुरोगीको प्वाल टाल्ने अप्रेसन, मुटुको नली फुटेको सर्जरी नेपालमै हुने गरेको छ।

कृतिम मुटु राख्ने प्रविधिको प्रयोग भने नेपालमा भएको छैन। ‘प्राविधिक रुपमा यसलाई उपलब्ध गर्नलाई कुनै समस्या छैन। तर, यो प्रविधि महंगो पर्छ’, डा. अनिल भन्छन्, ‘कृतिम मुटु राख्नको लागि २०/५० लाख पर्न जान्छ। जुन सधैं भर डेस्टीनेसन थेरापीको रुपमा प्रयोग गर्न मिल्दैन।’

उक्त कृतिम मुटुलाई राखेर मानिसलाई केही महिना र एक दुई वर्षसम्म मात्र बचाउन सकिन्छ। यसमा लामो समयसम्म बचाउन कठिन हुने उहाँको भनाइ छ।

मुटुको उपचारका लागि विदेश यात्रा
विदेशमा उपचार गर्न जाने भनेको पैसावाला हुन्। नेपालमा मुटुको प्रतयारोपाण हुन सकेको छैन। ९५ प्रतिशत उपचार नेपालमा नै हुने गरेको छ। यो खुसीको कुरा हो। ‘नेपालमा भएको सेवा सुविधा उपयोग गर्न भन्दा पनि विदेशको उपचार राम्रो हुन्छ भन्ने मान्यता हामीले अझै तोड्न सकेका छैनौं’, डा. अनिल भन्छन्।

मुटुको शल्यक्रिया सबै काठमाडौँमा मात्रै सीमित भएको उनको गुनासो छ। अहिले अन्य केही ठाउँ धरान, वीरगञ्ज, चितवन, पोखरा, भैरहवालगायतका स्थानमा पनि मुटु रोगको उपचार भए पनि त्यसलाई पर्याप्त मान्न नसकिने उनको भनाइ छ।

सात वटै प्रदेशमा मुटुको अस्पताल अथवा त्यहाँको केन्द्रस्तर तथा प्रदेशस्तरको अस्पतालमा मुटुको विभाग सञ्चाल गर्नु आवश्यक भएको उनको भनाइछ।

मुटु रोग दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसको उपचार खर्चिलो छ। त्यसैले सबै नागरिक उपचारको पहुँचमा छैनन्। हुम्ला, जुम्ला, डोल्पाका नागरिकलाई काठमाडौँ आउन सम्भव छैन। सुर्खेत या नजिक पर्ने ठाउँमा प्रदेशस्तरको अस्पतालमा मुटुको विभाग सञ्चाल गर्नुपर्ने उनको भनाइ छ। सात वटै प्रदेशमा मुटुको अस्पताल अथवा त्यहाँको केन्द्रस्तर तथा प्रदेशस्तरको अस्पतालमा मुटुको विभाग सञ्चाल गर्नु आवश्यक भएको उनको भनाइछ।

आफ्नै देश प्यारो
एसएलसीपछि पढ्न विदेश गएका भट्टराईको विदेशमा नै बस्ने योजना कहिल्यै बनाएनन्। ‘पढ्न विदेशमा गए पनि त्यही बस्ने योजना मैले कहिल्यै बनाइन’, डा. अनिलले भने, ‘परिवारको चाहना पनि नेपालमै काम गरिदेओस् भन्ने थियो।’

प्रविधिको हिसाबले नेपाल पछाडि भए पनि पछिल्लो समय विकासले गति लिएको उनको अनुभव छ। देशमा कामको सम्मान नभएकोप्रति भने उनी गुनासो गर्छन्। ‘विदेशमा काम गर्ने सम्मानित र प्रोत्साहित हुन्छन्। नेपालमा काम गर्ने भन्दा ठूलाको गुणगान गर्ने अगाडि आउँछन्’, देशको समस्याबारे जानकार रहेका उनी भन्छन्।

मुटुलाई स्वस्थ राख्नका लागि हाम्रो आहारविहार, दैनिक, व्यायमलगायतका कुराको महत्वपूर्ण भूमिका हुन्छ। वंशाणुगत रुपमा रहेका समस्याको पहिला नै पहिचान गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनी चिकित्सा क्षेत्रको सम्पूर्ण अध्ययन विदेशमा गरेर नेपालमा सेवा दिने थोरै चिकित्सकमध्येका एक हुन् । उनले नेपालको मुटुरोग सम्बन्धी उपचारमा योगदान दिन थालेको दुई दशक भइसकेको छ।

मुटुलाई स्वस्थ राख्न सुझाव
मुटुलाई स्वस्थ राख्नका लागि हाम्रो आहारविहार, दैनिक, व्यायमलगायतका कुराको महत्वपूर्ण भूमिका हुन्छ। वंशाणुगत रुपमा रहेका समस्याको पहिला नै पहिचान गर्नुपर्नेमा उनले जोड दिएका छन्। धुम्रपान, मद्यपान नगर्ने, विशेषगरी हाइरिक्स अर्थात् तपाईंको परिवारमा कसैलाई मुटु सम्बन्धी रोग छ भने वंशाणुगत हुने सम्भावना भएकोले यस्तो परिवारका व्यक्तिले नियमित मुटुको परीक्षण गराउदा राम्रो हुने उनको सुझाव छ। खानापानमा नुन, चिनी, चिल्लो र रातो मासु कम खानु राम्रो हुन्छ। नियमित शारीरिक व्यायाम गर्ने हो भने स्वस्थ मुटु र स्वस्थ जीवनयापन गर्न सकिने उनको बुझाइ छ।

नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरेकोले उपचारमा सहज भएको छ। त्यसैले वर्षमा दुई पटक मुटुको जाँच गर्न डाक्टर भट्टराईको सुझाव छ।

स्वास्थ्य मुटुका लागि शरीरको तौल नियन्त्रण हुनुपर्छ। अहिले सहरिया जीवनशैलीका कारणले शरीरको वजन एकदमै बढ्दा मुटुको समस्या बढेको छ। यसलाई नियन्त्रण गर्न शारीरिक व्यायम गर्नुपर्छ। दैनिक कम्तिमा ३० मिनेट पसिना आउने गरी व्यायाम गर्न डा. भट्टराई सुझाव दिन्छन्। तारेको भुटेको खानेकुरा सकेसम्म खानु हुँदैन। कार्वोहाइड्रेट बढी हुने भात आलु गुलियो पदार्थ कम खानुपर्छ।

स्वास्थ्य मुटुका लागि चिन्तारहित जिन्दगी जिउने प्रयास गर्नुपर्छ। नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ। विशेष गरेर ३५ वर्षभन्दा माथिको उमेर भएकाले वर्षमा २ पटक स्वास्थ्य परीक्षण गर्नुपर्छ। यसैगरी सुगर र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्छ। चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ। नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरेकोले उपचारमा सहज भएको छ। त्यसैले वर्षमा दुई पटक मुटुको जाँच गर्न डाक्टर भट्टराईको सुझाव छ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : ४५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न