अबको वैकल्पिक शक्ति राप्रपा नेपाल : कमल थापा | Khabarhub Khabarhub

अबको वैकल्पिक शक्ति राप्रपा नेपाल : कमल थापा


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा बोल्ड निर्णय गर्नुपर्ने बताए ।

राप्रपा नेपाल बर्दियाद्वारा आज गुलरियामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘बेतिथि, विकृति र अन्याय बारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ,’ उनले भने । अबको निर्वाचनमा जनताले स्वाधीनता, सुशासन, हिन्दुत्व र समृद्धिको पक्षमा आफूलाई उभ्याउनु पर्ने बताए ।

जिविसको सभा हलमा आयोजित कार्यक्रममा नवप्रवेशीको संख्या धेरै भएपछि थापाले खुल्ला प्राङ्गणमा नै पाँच सयभन्दा बढीलाई टीका लगाउँदै पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : ०७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई