म्याङ्लुङवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने | Khabarhub Khabarhub

म्याङ्लुङवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुमको– म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ । विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो ।

नगरपालिकाको न्युनतम २० युनिटसम्मको महसुल तिरिदिने भएपछि विद्युत् प्राधिकरणलाई समेत फाइदा पुगेको छ । नगरपालिकामा चार हजार छ सय घरधुरीले विद्युत् सेवा लिँदै आएका छन् । यी ग्राहकको न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल रु एक लाख ३५ हजार नगरपालिकाले प्राधिकरणलाई बुझाउने छ ।

नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि नगर क्षेत्रभित्रका उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने निर्णय गरेको थियो । सो निर्णयपछि दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई ठूलो राहत पुगेको नगर प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए ।

नगरपालिकाले नगरभित्रका नागरिकको सेवाका लागि न्यूनतम २० युनिट बराबरको महसुल रु ३० तिरिदिने थालेको भए पनि त्योभन्दा माथि विद्युत् युनिट खपत गर्ने ग्राहकले भने बाँकी रकम आफैँ बुझाउनुपर्ने उनले बताए। मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुल नगरपालिकाले एकमुष्ट प्राधिकरणलाई भुक्तानी गर्ने विषयमा सम्झौता भइसकेको छ ।

सो सम्झौतापछि उपभोक्तालाई घण्टौँ टाढाबाट हिँडेर महसुल बुझाउन आउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । म्याङ्लुङ बजार र आसपासका मुख्य चोकमा १२ वटा बत्ती बालिएका छन् । प्राधिकरणले सडक बत्तीको मात्रै मासिक रु ८० हजार महसुल उठ्ने गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : २२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०