राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना | Khabarhub Khabarhub

राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएको छ ।

राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौँ नेता तथा कार्यकर्ताले विरोध र्‍याली प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।

असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनिक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको विरोध ¥याली सूर्यविनायकस्थित कृषि विकास कार्यालय अगाडि धर्ना दिएर विरोध प्रदर्शन गरेको थियो ।

कार्यक्रममा सहमहामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यवस्था गर्न माग गरे ।

असार आउँदै छ भन्ने सरकारलाई थाहा नभएको होइन भन्दै उनले हरेक वर्ष खेती गर्ने बेलामा मलको हाहाकार हुँदा उत्पादनमा असर परेको भन्दै मल उपलब्ध गराउनुपर्ने बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ०३ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा