विश्व च्याम्पियनसिपले स्थापित गरेका नयाँ स्टार | Khabarhub Khabarhub

विश्व च्याम्पियनसिपले स्थापित गरेका नयाँ स्टार


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर गुणा सय मिटर फ्रिस्टाइल रिले र ५० मिटर बटरफ्लाइको स्वर्ण जितेपछि अमेरिकी स्टार केलेब ड्रेसेलले विश्व पौडी च्याम्पियनसिप बीचमा नै छाडे। मेडिकल कारण भने पनि यसपछिको सबै रहस्य विषय बाहिर आएको छैन।

हंगेरीको बुढापेस्टमा फिना विश्व च्याम्पियनसिप पछिल्लो साता सकिएको छ। जापानको फुकोवोकामा।घोषित च्याम्पियनसिप जापानले नगर्ने घोषणा गरेपछि हंगेरीले अन्तिम समयमा यसको जिम्मेवारी लिएको हो। त्यसै च्याम्पियनसिपका चर्चा योग्य घटनामध्ये ड्रेसेलले प्रतियोगिता त्याग्नुको रहस्य एउटा मुख्य चर्चाको विषय बनेको थियो।

त्यसो त कोभिडका कारण बेलायती स्टार डुनाकन स्कटले पनि विश्व च्याम्पियनसिपमा सहभागिता जनाएनन्। स्कट संसारका भर्साइटल र धेरै प्रतियोगितामा प्रभाव जमाउने खेलाडी हुन्। २ सय मिटर र ४ सय मिटर मेड्लीका प्रभावशाली स्कट दुई सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रिस्टाइल र १ सय मिटर बटरफ्लाईमा उत्तिकै प्रभाव राख्ने खेलाडी हुन्।

ब्रेस्टस्ट्रोककी स्टार दक्षिण अफ्रिकाकी टाटीयाना सुनाकरले आगामी कमनवेल्थ खेल महोत्बसमा केन्द्रित हुने भन्दै विश्व च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइनन्।
धेरै स्टार खेलाडीको अनुपस्थिति नै यस विश्व च्याम्पियनसिपको विशेषता बनेको थियो। सन् २०१४ यता प्रतिस्पर्धा रहित भएर हरेक प्रतियोगितामा सफलता पाएका ब्रेस्टस्ट्रोकका स्टार बेलायती एडम पेट्टीले पनि स्वास्थ्य समस्याका कारण यस विश्व च्याम्पियनसिपमा सहभागिता जनाएनन्। अस्ट्रेलियाका अम्मा म्याककोन र एरियन टिटमसले पनि कमनवेल्थ खेलकुदमा केन्द्रित रहने भन्दै विश्व च्याम्पियनसिपमा सहभागिता जनाएनन्।
रुसमाथि फिनाले प्रतिबन्ध लगाएपछि गत ओलम्पिकका दुई स्वर्ण पदक विजेता यागेनी राइलोभले पनि यस विश्व च्याम्पियनसिप गुमाए।

विश्व च्याम्पियनसिपको दौरान अमेरिकी ब्रेस्टस्ट्रोक स्टार लिली किंगले कमजोर प्रदर्शन गरेकी थिइन्। कमजोर प्रदर्शनका कारण पनि विश्व च्याम्पियनसिपको केही दिन अगाडि उनी पनि कोभिड पीडित भएको खुलेको छ।

च्याम्पियनसिपबाटै केही नयाँ स्टारको उदय भएको छ भने केही नाम चलेकै स्टारले आफ्नो दबदबा कायम राखेका छन्। हंगेरीका क्रिस्टोफर मिलाकले २ सय मिटर बटरफ्लाइमा आफ्नो पुरानो कीर्तिमानलाई भङ्ग गर्दै नयाँ विश्व कीर्तिमान कायम गरे। १ सय मिटर बटरफ्लाइमा उनले पहिलो पटक ठूलो प्रतियोगितामा स्वर्ण पदक जिते। सो स्पर्धामा सन् २०१७ को विश्व च्याम्पियनसिपदेखि यता ड्रसेलले उपाधि जितेका थिए। ड्रेसेलले बीचमा नै प्रतियोगिता त्यागेका कारण मिलाकका लागि उपाधि जित्न सहन भएको थियो।

यसै प्रतियोगितामा पुरानो साखलाई कायम राख्ने क्रममा केटी लेडेकीले ८ सय र १५ सय मिटरमा स्वर्ण पदक जितिन्। टिटमसको अनुपस्थितिमा उनले ४ सय मिटरमा पनि स्वर्ण पदक जितिन् भने उनी सहितको अमेरिकी टोलीले ४ गुणा दुई मिटरमा पनि स्वर्ण पदक जितेको छ। यस क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। ८ सय मिटरमा उनी सन् २०१२ को लन्डन ओलम्पिकदेखि एकछत्र प्रभाव राख्न सफल भएकी छन्। यस क्रममा उनले पाँच पटक विश्व च्याम्पियनसिपको उपाधि पनि जितेकी छन्।

यसै विश्व च्याम्पियनसिपमा सनसनी फैलाउने फ्रान्सका लियोन मर्चान्डले २ सय र ४ सय मिटर मेड्लीमा स्वर्ण पदक जिते। त्यसो त इटालीका थोमस केकन यस च्याम्पियनसिपका अर्का स्टार भए। उनले एक सय मिटर ब्याकस्ट्रोकमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेनन्। उनकै कारण इटालीले पहिलो पटक पुरुष मेड्ली रिलेको स्वर्ण पदक जितेको छ।

पौडी शक्ति अमेरिकाको हकमा यस पटक स्वर्ण पदकको सङ्ख्या त त्यस्तो सनसनीपूर्ण रहेन। परन्तु कुल पदकमा भने सनसनी नै मच्चायो। अमेरिकाबाट सहभागी भएका प्राय खेलाडीले पदक जिते।

यस पटक पौडीको शक्ति जापान कुनै स्वर्ण पदक पाउन नसकेर खुम्चिएको छ भने युरोपेलीको प्रभाव नयाँ ढङ्गको देखिएको छ। अमेरिकाले १७ स्वर्ण, १२ रजत तथा १६ कांस्य पदक पाउँदा अस्ट्रेलिया ६ स्वर्ण, ९ रजत तथा ५ कांस्य पदक पाउन सफल भयो। यसै गरी तेस्रो भएको इटालीले ५ स्वर्ण, २ रजत तथा २ कांस्य पदक जितेको थियो।

यसै विश्व च्याम्पियनसिपबाट आगामी दिनका स्टारको बारे पनि बहस सुरु भएको छ। क्यानडाका समर म्याकन्टसले १५ वर्षकै उमेर दुई व्यक्तिगत स्वर्ण पदक जितेकी छिन्।

म्याकन्टसले २ सय मिटर बटरफ्लाई र चार सय मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण पदक जितिन्। उनकै उपस्थितिमा क्यानडाले ४ गुणा सय मिटर रिलेमा कांस्य तथा ४ गुणा २ सय मिटर रिलेमा कांस्य पदक जितेको थियो।

अमेरिकाकी टोरी हस्क नयाँ स्प्रीन्टरको रूपमा स्थापित भएकी छन्। १ सय मिटर बटरफ्लाइमा स्वर्ण विजेता उनले १ सय मिटर फ्रिस्टाइलमा रजत पदक जिते। ५० मिटर फ्रिस्टाइलमा फाइनलमा प्रवेश गरेका उनी ५० मिटर बटर फ्लाइमा पनि फाइनलमा प्रवेश गरेका थिए।
उनले प्रतिस्पर्धा गरेका चार स्पर्धामध्ये ५० मिटर बटरफ्लाई ओलम्पिक इभेन्ट होइन। उनकै कारण अमेरिकाले महिला मेड्ली रिले तथा मिश्रित मेड्ली रिलेको स्वर्ण पदक जितेको थियो। त्यसो त उनकै कारण अमेरिकाले महिला चार गुणा ४ सय फ्रिस्टाइल रिलेको पनि कांस्य पदक जितेको हो।

हाल १८ वर्षकी उनी दुई सय मिटर मेड्लीमा पनि राम्रो मानिन्छन्। साथै २ सय मिटर फ्रिस्टाइलमा पनि उमेर समूहका प्रतिस्पर्धा गरिरहेकी छिन्।

अमेरिकाकै क्लारी कुर्जानले आशातीत प्रदर्शन गर्न नसके पनि एक सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितिन्।

अमेरिकाका तीन खेलाडी व्यक्तिगत स्वर्ण पदक नजिते पनि टोलीका नयाँ आशाको रूपमा स्थापित भएका छन्।

कास्टन फोस्टरले दुवै व्यक्तिगत मेड्लीमा रजत पदक जिते। आगामी दिनमा उनी र मर्चान्ड र उनको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ। अमेरिकी ४ गुणा २ सय फ्रिस्टाइल रिले टोलीमा उनी समावेश थिए। त्यसै टोलीले माइकल फ्लेप्स युगपछि पहिलो पटक सो स्पर्धामा स्वर्ण पदक जितेको हो। आश्चर्य त के भने उनी उमेर समूहको प्रतियोगिता खेल्दा ब्याकस्ट्रोकका कारण चिनिन्थे। सन् २०१७ मा भएको फिना विश्व च्याम्पियनसिपमा उनले त्यसै स्पर्धामा रजत पदक जितेका थिए। अहिले पनि उनले यो स्पर्धामा आफूलाई उभ्याए विश्व स्तरमा नै सफलता पाउन सक्ने अनुमान धेरैको हो।

१५ वर्षीय केटी ग्रीम्सले १५ सय मिटर तथा ४ सय मिटर मेड्लीमा रजत पदक जितिन्। उनले ४ सय मिटर व्यक्तिगत मेड्लीमा म्याकन्टसलाई राम्रो चुनौती दिएकी थिइन्। यी १५ वर्षीय दुई किशोरीको अबको लामो समयसम्म त्यस स्पर्धामा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। ग्रीम्सले गत ओलम्पिकमा ८ सय मिटरमा सहभागिता जनाएकी थिइन्।

यसैगरी १५ वर्षीया बेला सिम्सले रिलेमा सानदार पौडेर अमेरिकालाई चार गुणा दुई सय मिटरको स्वर्ण दिलाउन सफल भइन्। त्यसैगरी १५ वर्षीया क्लारी विन्सटनले रिलेमै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

विन्सटन, ग्रीम्स र सिम्स तीन जना नै १५ वर्षका भए पनि यी सबै जनाको अहिलेको स्तर म्याकन्टसको बराबर छैन। तर, यो समूह नै प्रगति गर्दै जाँदा अबको समय अमेरिकाको लागि स्वर्णिम पनि हुन सक्ने छ।

यसैगरी केकनले विश्व कीर्तिमान सहित १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जिते पनि रिलेमा उनी भन्दा अमेरिकाका हन्टर आर्म स्ट्रङ अगाडि देखिए। अबको समय यी दुई बीचमा नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

१ सय र २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै रोमानीयाका १७ वर्षीय डेभिड पोपोस्की नयाँ स्टारको रूपमा उदाए। यो खेल महोत्सवका अन्य धेरै रोचक पाटा छन्। यी सबैका बाबजुद केही युवा स्टारलाई यसै च्याम्पियनसिपले स्थापित गरेको छ। स्रोत : स्वीमस्वाम

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ०७ बजे

दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर

मान्म– कालीकोट जिल्लाको दुर्गम गाउँ नरहरिनाथ गाउँपालिका–७ उच्छवमा पहिलो पटक

२ हजारभन्दा तल झर्‍यो नेप्से, सबै उपसूचक राताम्मे 

काठमाडौं- नयाँ वर्षको आगमनसँगै ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता

नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिँदै

बुटवल– लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन