'सुरुवाती समयमा डराएकी थिएँ'  | Khabarhub Khabarhub

‘सुरुवाती समयमा डराएकी थिएँ’ 


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी : द फाइनल म्याच’ ले पहिलो दिन २ करोडको हाराहारीमा नेपाली बजारमा ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ ।दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको ‘कबड्डी ४ : द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म मुख्य पात्र काजी (दयाहाङ) को विवाहमा केन्द्रित छ । सोल्टिनीबाट मायामा बारम्बार ढोका पाएको काजीलाई यसपटक बिहे गर्न रुचि छैन । तर उसको बाउलाई वंश जोगाउने चिन्ता छ । यस्तो परिस्थितिमा गाउँकी नयाँ शिक्षिका शान्ति (मिरुना) को प्रवेश हुन्छ । काजीलाई मन पराउने शान्तिको प्रेममा बमकाजी (सौगात) पागल छ ।

मिरुनाको सर्वाधिक सफल फिल्मको लिस्टमा ‘कबड्डी’ ४ : द फाइनल म्याच’ परेको छ । यसअगाडि उनका फिल्मले यो चर्चा र व्यापार गर्न सकेको छैन । ‘मलाई निकै डर लागेको थियो । किनकी मैले गर्ने क्यारेक्टरमा यस अघि अरुले दर्शकको मन जिती सक्नु भएको थियो । साथै , फिल्ममा सबै सिनियर कलाकारहरू हुनुहुन्छ’ मिरुनाले भनिन् । 

यद्यपि फिल्म अगाडिको वर्कशपले उनलाई काम गर्न सजिलो भएको बताइन । रिलिजको पूर्व सन्ध्यामा आयोजित प्रिमियरमा भेटिएकी मिरुनाले भनिन् , ‘मैँले काम गर्दा निकै सहजता पाए । हिट सिरिजमा मैले आफ्ना एक्टरहरु मार्फत पाएको सहयोगले नै काम गर्न सकेकी हुँ । आश छ, दर्शकले रुचाउनु हुनेछ’ । फिल्ममा उनी सरल र शान्त स्वभावकी शिक्षिकाको भूमिकामा छिन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ३८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका