अल्पसङ्ख्यक समुदायमाथि चिनियाँ सरकारको ज्यादती | Khabarhub Khabarhub

अल्पसङ्ख्यक समुदायमाथि चिनियाँ सरकारको ज्यादती


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीनजीयाङ प्रान्तमा चिनियाँ सरकारको ज्यादती र त्यहाँका हृदय विदारक दृश्य बाहिरिएका छन्। त्यहाँको प्रहरीको कम्प्युटरमा रहेका केही फोटो सार्वजनिक भएका छन्। ती फोटो तथ्याङ्कले कारावास भित्रको कठोर जीवन र त्यहाँ भाग्ने खोज्नेलाई गोली ठोकेर मारिएका घटना पनि प्रस्ट भएका छन्।

जीनजीयाङ प्रहरीले त्यहाँ रहेका विद्रोहीलाई आवश्यक समयमा मानसिक रूपले आतङ्कित र त्रसित बनाउन तथा थप नीति तय गर्न यी सबै सामग्री राखेको हो। यसरी राखेका सामग्री नै ह्याकरमार्फत् बाहिर निस्किएका हुन्।

प्रहरीले अल्पसङ्ख्यक टर्कीक मूलका बासिन्दालाई तह लगाउन गरेको तयारी पनि प्रस्ट भएको छ। संयुक्त राष्ट्र सङ्घका मानव अधिकार कमिस्नर मिखायल बार्नेटको चीन भ्रमणकै समयमा यो दृश्य बाहिरिनुलाई अनौठो संयोग मानिएको छ।

जीनजीयाङ प्रहरीले त्यहाँ रहेका विद्रोहीलाई आवश्यक समयमा मानसिक रूपले आतङ्कित र त्रसित बनाउन तथा थप नीति तय गर्न यी सबै सामग्री राखेको हो। यसरी राखेका सामग्री नै ह्याकरमार्फत् बाहिर निस्किएका हुन्।

यो दृश्यले पुन शिक्षा कार्यक्रमको दाबी गर्ने चिनियाँले विगतदेखि नै युर्गुयुर समुदायको मुसलमानमाथि गरेको ज्यादतीलाई थप प्रमाणित गरेको छ। चिनियाँ सरकारले भने त्यहाँका बासिन्दालाई शिक्षित गराउने मात्र आफ्नो ध्येय भएको दाबीलाई भने छाडेको छैन।

सन् २०१७ देखि सुरु भएको पुनः शिक्षा कार्यक्रम प्रहरीको आन्तरिक नियमावली अनुसार चलेको एउटा विद्यालय मात्र भएको तथा कसैलाई धरपकड र गिरफ्तारी नगरिएको दाबी चिनियाँ सरकारको छ।

हजारौँ जना अहिले औपचारिक रूपमा जेल जीवन बिताइरहेका छन्। त्यहाँको शिक्षा क्याम्पको जीवनलाई त्यसै जेल जीवनको फराकिलो स्वरूप मात्र भएको जनाइएको छ। छानबिन, पुनरावेदन र जेल सजायका लागि यो पुनःशिक्षा कार्यक्रम एउटा बहाना मात्र भएको छ।

युर्गुयुर समुदायको पहिचान मेटाउन उद्यत चिनियाँ सरकारको पछिल्लो गतिविधिको यो एउटा महत्त्वपूर्ण प्रमाण ठान्न थालिएको छ। चिनियाँ नेता सी चिनफिङको त्यहाँको इस्लामिक समुदाय प्रतिको कठोर नीति पनि अहिले थप पुष्टि भएको छ।

हजारौँ जना अहिले औपचारिक रूपमा जेल जीवन बिताइरहेका छन्। त्यहाँको शिक्षा क्याम्पको जीवनलाई त्यसै जेल जीवनको फराकिलो स्वरूप मात्र भएको जनाइएको छ।

यो पुनः शिक्षा क्याम्पका धेरै फोटोमा पीडितको मलिन अनुहार र छेवैमा प्रहरी तथा सुरक्षाकर्मी तैनाथ भएको देख्न सकिन्छ। यी सबै यातना छरपस्ट हुनुका बाबजुद चिनियाँ सरकारले त्यहाँ कुनै जबरजस्ती भएको कुरालाई भने इन्कार गरिरहेको छ। ‘अहिले त्यहाँको शिक्षा र प्रशिक्षण पद्धतिले उनीहरूलाई अतिवादी हुनबाट जोगाइरहेको छ’, सन् २०१९ मै विदेश मन्त्री वाङयीले भनेका थिए।

त्यहाँका धेरै जना अति सामान्य कारणले गिरफ्तार भएका छन्। मुस्लिम बाहुल्यता भएको देशमा भ्रमण गरेका कारण उनीहरूलाई गिरफ्तार गरिएको छ। धार्मिक आस्थामा अडिग भएका कारण पनि धेरैलाई जेल सजाय सुनाइएको छ। एक महिलाले दिएको जानकारी अनुसार उनको छोरालाई १० वर्षको जेल सजाय तोकिएको छ। उनका छोरा धार्मिक आस्था भन्दै मदिरा पान र धूम्रपान गर्दैनन्। यसलाई धार्मिक अतिवादी भन्दै प्रहरीले गिरफ्तार गरेको हो।

उनी अहिले गिरफ्तारीमा पर्नेको आफन्तको सूचीमा छन्। यस सूचीमा हुनेलाई अपराधको सन्देहको सूचीमा राख्ने गरिन्छ। उनको परिवार अपराधी भएको ठहरसहित उनलाई यसको सूचीमा राखिएको हो।

त्यहाँ जेल सजाय पाउनेमा १५ वर्षीया राहिला ओमार देखि ७३ वर्षीया अनिआन हामिटसमेत छन्। जीनजीयाङ प्रहरीले अहिले हजारौँ त्यसता फोटो राखेको छ। प्रहरीसँग भएका ती फोटो र डकुमेन्ट हेर्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ। सिनीयर अधिकारीको वक्तव्य, प्रहरीको आन्तरिक म्यानुअल र व्यक्तिगत सूचना पनि राखिएका छन्। २० हजार युर्गुयुरको व्यक्तिगत विवरण राखेको प्रहरीले केही महत्त्वपूर्ण स्थानको बारे पनि तथ्याङ्क राख्ने गरेको छ।

धार्मिक आस्थामा अडिग भएका कारण पनि धेरैलाई जेल सजाय सुनाइएको छ। एक महिलाले दिएको जानकारी अनुसार उनको छोरालाई १० वर्षको जेल सजाय तोकिएको छ।

अहिले जीनजीयाङको प्रहरी कम्प्युटर प्रणाली नै ह्याक भएको आशङ्का गरिएको छ। यो डाटा अमेरिकामा आधारित कम्युनिजम मेमोरियल पीडित फाउन्डेसनका डा. आड्रियन जेन्जकहाँ त पुगेको थियो। तर, त्यस भन्दा अगाडि ह्याक भएर धेरै जनाले पाइसकेको अनुमान गरिएको छ। जीनजीयाङमा उनले गरेको अनुसन्धान शङ्कास्पद भन्दै अहिले उनलाई त्यहाँ जान प्रतिबन्ध लागेको छ। धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यम अहिले लिक भएको डकुमेन्टको पहिलो सूचना श्रोतसम्म पुग्न प्रयास गरे पनि पुग्न सकेको छैन।

त्यहाँ रहेका कुनै पनि डकुमेन्ट सन् २०१८ को अन्त्य भन्दा पछाडिका छैनन्। सन् २०१९ मा चिनियाँ सरकारले नयाँ नीति ल्याएको थियो। यस कारण त्यो समय भन्दा पछिको फाइल ह्याकरको पहुँच भन्दा बाहिर पुगेको हो। जेन्जले नै त्यसका धेरै प्रमाण अहिले अनलाइनमा राख्न थालेका छन्।

‘त्यहाँ रहेका सामग्री असीमित, परिवर्तन नगरिएको तथा विविध खालको छ’, जेन्जले भने, ‘हामीसँग विश्वासिला डकुमेन्ट छन्। हामीसँग भाषणको फाइल छ। हामीसँग फोटा छन्। यी सबैले चिनियाँ प्रोपोगान्डालाई प्रस्ट पारेको छ।’

बाच्नका लागि भाग्न खोज्नेलाई गोली नै ठोक्ने नीति लिइएको छ। कुनै पनि विद्यार्थी कुनै पनि समय आँखामा पट्टी बाँधिनु, हतकडी लगाउनु या अस्पताल जाने अवस्थासम्म आउन सक्ने छ।

चीनले भन्ने गरेको व्यावसायिक तालिम केन्द्रभित्र रहेको जेलको झैँ लाग्ने जीवन पनि छरपस्ट भएको छ। त्यहाँ भित्र हरेक समयमा सैन्य पोसाकमा नियमित रूपमा भ्रमण हुने गरेको छ। राइफल सहितका व्यक्ति सैन्य पोसाकमा यत्रतत्र देखिएका छन्। त्यहाँबाट बाच्नका लागि भाग्न खोज्नेलाई गोली नै ठोक्ने नीति लिइएको छ। कुनै पनि विद्यार्थी कुनै पनि समय आँखामा पट्टी बाँधिनु, हतकडी लगाउनु या अस्पताल जाने अवस्थासम्म आउन सक्ने छ।

दशकौँदेखि जीनजीयाङको अवस्था तनावग्रस्त छ। त्यहाँ रहेका युर्गुयुर समुदायका अल्पसङ्ख्यक मुसलमानमाथिको ज्यादती कायम नै छ। यस अगाडि नै सन् २०१३ र २०१४ मा कुमनीङमा कम्प्युटरमाथि आक्रमणको प्रयास भएको थियो। सो समयमा सरकारले युर्गुयुरलाई नै यसको आरोप लगाएको थियो।

युर्गुयुरले आफ्नो अनुकूल शिक्षा दिएको भन्दै चिनियाँ सरकारले पछिल्लो समय त्यस समुदायको संस्कृतिलाई नास गर्ने उद्देश्यका साथ पुनः शिक्षाको कार्यक्रम अगाडि ल्याएको हो। युर्गुयुर समुदायलाई नियन्त्रणमा राख्नकै लागि जीनजीयाङको जेललाई समेत विस्तार गरिएको हो।

अहिले सार्वजनिक भएको तथ्याङ्कको अनुसार धेरै युर्गुयुरको नाम, ठेगाना र गिरफ्तारीको कारणसमेत सार्वजनिक भएको छ। त्यहाँ रहेका फोटो शिविर र जेल दुवै स्थानमा लिइएका हुन्। सन् २०१० मा एउटा बालकले आफ्ना हजुरआमासँग इस्लामिक धर्मग्रन्थ पढेको कारण मात्र १० वर्षको जेल सजाय भोगेका थिए। सरकारले थुप्रै धार्मिक प्रवचन सुनेको आरोपमा समेत गिरफ्तार गरेको छ।

अहिले सार्वजनिक भएको तथ्याङ्कको अनुसार धेरै युर्गुयुरको नाम, ठेगाना र गिरफ्तारीको कारणसमेत सार्वजनिक भएको छ। त्यहाँ रहेका फोटो शिविर र जेल दुवै स्थानमा लिइएका हुन्।

कतिपयलाई त धेरै डिभाइस नचलाएका कारण जेल चलान पनि गरिएका रहेछन्। धेरैलाई सामाजिक मर्यादामा खलबल गरेको आरोपमा १० वर्षदेखि २५ वर्षको जेल सजाय दिने गरिएको छ। केहीलाई आतङ्ककारीको मुद्दा पनि लगाइने गरिएको छ।

सन् १९८० मा तस्रुन कादीरलाई धार्मिक आस्था राखेको तथा दाह्री पालेको कारण जनाउँदै जेल सजाय दिइएको थियो। उनलाई १६ वर्ष ११ महिनाको जेल सजाय दिइएको हो।

अहिले युर्गुयुर समुदायका हरेकको फोटो प्रहरीले राख्ने गरेको छ। उनीहरूको हरेक गतिविधि सरकारी निगरानीमा पर्छ। यसबाट चीनले ठूलो डाटाबेस बनाउन खोजेको प्रस्ट हुन्छ। बेपत्ता भएका हजारौँको तथ्याङ्क भने अझै कतै फेला परेको छैन।

सन् २०१८ मा तुस्रुफ मेमेटेमरिन र उनकी श्रीमती असीगुल टरगुमको फोटो प्रशासनले लिएको केही समय पछि उनीहरूलाई गिरफ्तार गरिएको थियो। अवैध मन्तव्य सुनेको आरोपमा उनीहरूलाई जेल पठाइएको हो। बेपत्ता भएकाको फाइलमा उनीहरूको छोरीहरूको फोटो पनि छ।

अहिले युर्गुयुर समुदायका हरेकको फोटो प्रहरीले राख्ने गरेको छ। उनीहरूको हरेक गतिविधि सरकारी निगरानीमा पर्छ। यसबाट चीनले ठूलो डाटाबेस बनाउन खोजेको प्रस्ट हुन्छ।

बेइजिङ सरकारको ज्यादती र उर्गुयस समुदाय माथिको यो आतङ्क साँच्चै कहाली लाग्दो छ। सन् २०१७ र २०१८ को तथ्याङ्कलाई आधार मान्दा त्यस स्थानको जनसङ्ख्याको १२ प्रतिशत भन्दा वयस्क बढी क्याम्प या जेलमा परेका छन्। यो बाहिर आएको डकुमेन्ट अनुसार तीन वृत्तमा चिनियाँ सरकारले रेकर्ड राख्ने गरेको छ। परिवार, सामाजिक तथा धार्मिक आस्थाको आधारमा वर्गीकृत गर्दै सबैको रेकर्ड राख्ने चिनियाँ सरकारको नीति छ।

मानव अधिकारको आवाज सर्वत्र उठिरहेको समयमा लिक भएको यो डकुमेन्टले चीनमा भएको मानव अधिकारको हनन र युर्गुयुर माथिको दमनलाई थप प्रमाणित गरेको छ। सायद यो अन्तर्राष्ट्रिय समुदायका लागि थप चासोको विषय हुनसक्ने छ। स्रोतः बीबीसी, सीएनएन

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ९ : ४५ बजे

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ