'ललितपुरमा साइकल लेन हुँदा खुशी लाग्छ' | Khabarhub Khabarhub

‘ललितपुरमा साइकल लेन हुँदा खुशी लाग्छ’

‘खर्च नहुने भएकाले विद्यार्थीलाई धेरै फाइदा छ’



मलाई साइकल चलाउन विद्यार्थीले सिकाएको हो । तराईमा दुई वर्ष शिक्षक भएर काम गरे । कोभिडको समयमा बाहिर भिडभाडमा नजाने निर्णय गरे । जसले गर्दा भिडभाडमा जाने बानी हट्न मद्दत भयो । त्यसपछि काठमाडौँ आएँ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेँ । त्यो समयमा मोटरसाइकल किन्न सक्ने अवस्था थिएन । आर्थिक रुपमा हेर्दा पनि साइकल सस्तो र विद्यार्थीले किन्न सक्ने थियो ।

समयको हिसाबले हेर्दा पनि सार्वजनिक बसमा भक्तपुरबाट कीर्तिपुरसम्म पुग्न मलाई न्यूनतम एक घण्टा २० मिनेट जति समय लाग्छ । तर म साइकलमा जाँदा लगभग पचास मिनेट जतिमा पुग्छु । यसरी हेर्दा साइकलले मलाई फाइदा नै दिएको छ । मोटरसाइकल किन्न नसक्ने कति धेरै विद्यार्थीहरु छन् । जसले गर्दा विद्यार्थीहरुले सार्वजनिक यातायातको प्रयोग गर्नुपर्ने बाध्यता छ । सार्वजनिक सवारी साधनमा कोचाकोच गरी जानुपर्छ, जामले गर्दा आधा घण्टा पुग्ने ठाउँमा डेढ घण्टा लागेर पनि पुग्नुपर्ने हुन्छ । कलेज पुग्ने बेलासम्म विद्यार्थी थकित भइसकेको हुन्छ।

त्यसैले विद्यार्थीको तर्फबाट बोल्नुपर्दा, साइकललाई प्रोमो गर्दा विद्यार्थीहरुलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ । कतिपय विद्यार्थीहरुलाई साइकल कति फाइदाजनक छ भनेर थाहा पनि छैन होला । किनकि सधैँ बसमा जानुपर्ने बाध्यताले गर्दा साइकलले कति धेरै स्वतन्त्रता दिन्छ भनेर पनि थाहा छैन । मेरो त्यस्तै एउटा कहानी छ, मेरो साइकल सर्विसिङको क्रममा धेरै पछि म बसमा चढेको थिए । यात्रा गर्दा पैसा तिर्नुपर्ने रहेछ भनी मलाई अचम्म लागेको थियो । किनकि साइकलमा यात्रा गर्ने बानीले यात्रा गर्दा पैसा तिर्नुपर्छ भन्ने कुरा मेरो मानसपटलबाट नै हटिसकेको थियो ।

मैले यस विषयलाई कहाँ जोड्न खोजेको भने कहिले काहीँ विद्यार्थीहरुसँग पैसा हुँदैन । म सँग कहिले खल्तीमा पाँच सय रुपैयाँ हुन्छ । कहिले हजार रुपैयाँ हुन्छ । तर पनि म एक हप्तासम्म साइकल यात्रा गर्न सक्छु । किनकि खर्च नै हुँदैन । त्यसैले विद्यार्थीको लागी साइकल एकदमै फाइदाजनक छ । र धेरै सहयोग पनि पुग्छ । यसलाई कसरी प्रोमोट गर्ने भन्ने विषयमा आधिकारिक रुपमा सोच्नुपर्छ । हाम्रो डाटा हेर्दा साइकल चलाउने मात्र १ दशमलव ३ प्रतिशत छ । यति मात्र डाटामा हुनुको कारण के हो ? ठाउँ नभएर नचलाएको हो की ? के कारणले हो ?

ललितपुरमा साइकल चलाउँदा म ढुक्क हुन्छु । साइकल लेन हुँदा खुसी लाग्छ । सवारी साधन चलाउनेहरूले पनि ठाउँ दिन्छन् । अरू ठाउँमा चलाउँदा पेलेर चलाउँछ तर ललितपुरमा साइकलको लागी ठाउँ छुट्याएको भनेर ठाउँ छोड्छन् । यसरी साइकलको लागी लेन छुट्टाइयो भने साइकल चलाउने संख्या बढ्छन् होला । जसले गर्दा विद्यार्थीको पैसा बचत हुन्छ, आर्थिक रुपमा सहयोग पुग्छ, समयको बचत हुन्छ, शारीरिक रुपमा स्वस्थ्य हुन्छ साथै वातावरणलाई पनि स्वस्थ्य राख्न सहयोग पुग्छ ।

अन्य साधनको प्रयोगमा विद्यार्थीको फजुल खर्च भइरहेको हुन्छ । फजुल खर्च हुने पैसालाई किताब कपि किन्न, कतै घुम्न तिर प्रयोग गर्न सकिन्छ । त्यसैले साइकलबाट धेरै फाइदाहरु छन् । यो मैले साइकल चढी सकेपछि पाएको अनुभव हो ।

मलाई पहिलो दिन साइकलमा कीर्तिपुर जानलाई डर लागेको थियो । त्यति टाढा कसरी जाने होला भनेर ? यो भन्दा अगाडि पनि म अफिस जाँदा साइकल नै चढ्थे । तर त्यो दिन मैले कीर्तिपुर पुगेर फर्किन सके । त्यसपछि गर्न सकिने रहेछ भनेर थाहा पाए । त्यसैले साइकललाई कसरी प्रोमोट गर्न सकिन्छ ? यसको प्रोमोटको लागी नेतृत्व वर्ग र निर्णायक व्यक्तिहरुलाई आग्रह गर्न चाहन्छु । (प्रस्तुति : पासाङ लामा ह्योल्मो)

(खबरहबद्धारा आयोजित ‘साइकलमैत्री सहर’ विषयमा साइकलयात्री सुदर्शनराज भण्डारीले राखेको धारणाको सम्पादित अंशः)

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ७ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०