जेठ १ देखि हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय | Khabarhub Khabarhub

जेठ १ देखि हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले बिदाको समय बढाएको हो ।

विदेशी मुद्रा सञ्चिती घट्दो र शोधनान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक बिदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो ।

त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : ५८ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्