सिनेमांकनमा 'अवतार २' को चर्चा | Khabarhub Khabarhub

सिनेमांकनमा ‘अवतार २’ को चर्चा


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडको लोकप्रिय फिल्मको लिस्टमा अगाडि आउने नाम हो  ‘अवतार’ । 

यस फिल्मले गरेको कमाइ आफैँमा रेकर्ड बन्यो । फिल्मले बक्स अफिसमा गरेको कमाइ त प्रशंसा योग्य भयो नै यसको विषयवस्तुले पनि उत्तिकै चर्चा पायो । सन् २००९ को डिसेम्बरमा रिलिज भएको फिल्मले २.८ बिलियन बराबरको ब्यापार गरेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय हलिउड फिल्म र विशेषगरी सुपर हिरोको विषयमा बनेका फिल्महरु दर्शकको रोजाईमा पर्ने गरेको देखेपछि अवतार निर्माण कम्पनि डिज्नीले पनि महत्वपूर्ण केही फिल्मको निर्माण घोषणा गरेको थियो । घोषित फिल्मको लिस्टमा प्रतीक्षित फिल्म ’अवतार’ को मात्र ४ सिरिज छन् ।

कोरोना भाइरसको महामारीका कारण रिलिजमा ढिलाई भएको फिल्म ’अवतार २’ का सिरिजहरुलाई दर्शकले लगातार हेर्न पाउने छन् । सन् २००९ मा हेरिएको अवतारको सिक्वेल सन् २०२२ को डिसेम्बर १६ मा हेर्न पाउने छन् । जेस्म क्यामरुनकै निर्देशनमा बन्ने यो फिल्म हलिउड प्रेमी दर्शकका लागि प्रतीक्षित छ । विशेष त अवतारमै उठान गरेको विषयका कारण निर्देशक क्यामरुनले चर्चा पाएका थिए । 

प्रदर्शकहरूको व्यापार मेला मानिने सिनेमांकन समारोहमा निर्माण कम्पनि डिज्नेले यसको केही झल्क देखाउन सक्ने बताइएको छ । फिल्म यसैवर्ष रिलिज हुने भएकाले पनि विस्तारै दर्शक माझ प्रचारप्रसार गर्ने तयारीमा डिज्नी रहेको द हिन्दुमा उल्लेख छ । पत्रिकाको रिपोर्ट अनुसार आज सिनेमांकनमा दर्शकले प्रतीक्षित फिल्मको केही झल्क हेर्नेछन् । 

यस्तै, अवतारको तेस्रो सिरिजलाई सन् २०२४ को डिसेम्बर २० मा रिलिज गर्ने घोषणा निर्माण कम्पनीले गरेको छ । 

सन् २००९ देखि सन् २०२२ सम्म सिक्वेल हेर्न पर्खिएका दर्शकले अब भने यसको अन्य सिरिजहरु २ वर्षको अन्तरालमा हेर्न पाउने घोषणा निर्माण कम्पनीले गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : ५५ बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई