संक्रमित सबै घरमा, आइसोलेसन रित्तै | Khabarhub Khabarhub

संक्रमित सबै घरमा, आइसोलेसन रित्तै


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बिहीबार तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या ७४४ पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका १२ ठाउँमा १७० बेड क्षमताको आइसोलेसन तयार छन् । तर, कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि संस्थागत आइसोलेसन रित्तै छन् । आइसोलेसनमा बस्न संक्रमित चाहँदैनन् ।

संक्रमितलाई जटिल समस्या नदेखिएकाले आइसोलेसनमा बस्नेको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रामबहादुर नेपाली बताउँछन् । ‘यसअगाडिको लहरमा जस्तो जटिल समस्या देखिएको छैन । सामान्य अवस्था भएकाले पनि संक्रमित होम आइसोलेसनमै बस्न इच्छुक छन्’, नेपालीले भने ।

संक्रमितलाई टाउको दुख्ने, ज्वरो आउने, घाटी खसखस हुने, सुख्खा खोकी लाग्ने, रातको समयमा पसिना आउने, जिउ दुख्ने र स्वर दब्ने जस्ता लक्षण देखिएका उनले बताए । आइसोलेसनमा बस्नेको संख्या शून्य भए पनि सबै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ । उनले अगाडी थप्दै भने, ‘संक्रमण बढ्दै छ । आइसोलेसन आवश्यक हुन सक्छ । तसर्थ आइसोलेसनलाई तयारी अवस्थामा राख्न स्थानीय तह र अस्पताललाई निर्देशन दिएका छौं ।’

स्वास्थ्य सतर्कता अपनाएमा जटिल समस्या नभएकालाई संस्थागत आइसोलेसनको तुलनामा होम आइसोलेसन उपयुक्त हुने म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । उनी भन्छन्, ‘घरमा खानपिन र बसाइँको व्यवस्थापन राम्रो हुन्छ । परिवारको निगरानी पनि हुन्छ । तर, होमआइसोलेसनमा बस्नेले सतर्कता अपनाउनु पर्दछ ।’ होम आइसोलेसनमा बसेकाले लापरबाही गरेको खण्डमा टोल छिमेकमा संक्रमण फैलने जोखिम बढी हुने घिमिरेको भनाई छ ।

जिल्लाका १० स्थानीय तहले पहिलो लहरमै आइसोलेसन तयार पारेका थिए । स्थानीय तहको आइसोलेसन प्रयोगमा भने उतिसारो आउन सकेका छैनन् । पहिलो र दोस्रो लहरमा जिल्लाका अधिकांश संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा र दमौली अस्पतालको आइसोलेसनमा बसेर निको भएका थिए ।

हाल जिपीमा पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटरसहित ३० बेडको आइसोलेसन छ । यहाँ जिल्लाका स्थानीय तह मिलेर छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । यस्तै, दमौली अस्पतालले पनि सात बेड आइसियु र चार भेन्टिलेटर सहितको २५ बेड क्षमताको आइसोलेसन सञ्चालन गरेको छ ।

जिल्लामा वैशाखयता ६ हजार १३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये पाँच हजार २६२ जना निको भएका छन् । वैशाखयता मात्र कोरोना संक्रमणका कारण १३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ७ : २६ बजे

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको