सीटीईभीटी परीक्षा स्थगनविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

सीटीईभीटी परीक्षा स्थगनविरुद्ध प्रदर्शन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना संक्रमणको कारण देखाउँदै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले परीक्षाहरू स्थगन गरेपछि विरोध भएको छ ।

बिहीबार जनकपुरधाममा विद्यार्थीहरूले प्रदर्शन गर्नुका साथै रामानन्द चोकमा केहीबेर चक्काजाम गरेका हुन् । उनीहरूले सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको गुनासो गरेका छन् । विद्यार्थीहरूले तीन वर्षको कोर्षलाई पाँच वर्ष लगाउन नपाइने भन्दै नाराबाजी गरेका छन् ।

उनीहरूले समयमै परीक्षाका लागि विकल्पहरूसहित आफ्ना माग राखेका छन् । भौतिक उपस्थितिमा परीक्षा वा होम सेन्टर वा आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन हुनुपर्ने विकल्पहरू दिएका छन् । उनीहरूले आफूहरूका माग तत्काल पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

सीटीईभीटीले कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर गरी माघ १२ गते सूचना निकालेर डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगन गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ४ : ०२ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले