खोटाङको जनसंख्या १.५६ प्रतिशतले घट्यो | Khabarhub Khabarhub

खोटाङको जनसंख्या १.५६ प्रतिशतले घट्यो


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खोटाङ– १० वर्षअघिको तुलनामा खोटाङको जनसंख्या घटेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार खोटाङमा वार्षिक १.५६ प्रतिशतका दरले जनसंख्या घटेको देखिएको हो ।

२०६८ सालको जनगणना अनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा १ लाख ७५ हजार ३४० जनसंख्या देखिएको तथ्यांक विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

जनसंख्याको प्रारम्भिक नतिजामध्ये जिल्लामा पुरुष ८६ हजार ५२१ र महिला ८८ हजार ८१९ जना छन् । यस्तै, जनगणना घर संख्या ४० हजार ३९२ र परिवार संख्या २१ हजार १०४ रहेको विभागले जनाएको छ । जिल्लामा परिवारको औसत आकार ४.१६ र जनघनत्व ११० रहेको उल्लेख छ ।

कुन पालिकामा कति जनसंख्या ?

खोटाङका स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम जनसंख्या साकेला गाउँपालिकामा देखिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४३ हजार २९५, हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार २७४, खोटेहाङ गाउँपालिकामा १६ हजार ९५२, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १६ हजार ५४९, ऐसेलुखर्क गाउँपालिकामा १३ हजार ५८१ जनसंख्या रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिमामा १३ हजार ३३९, जन्तेढुंगा गाउँपालिकामा १२ हजार ६६, बराहपोखरी गाउँपालिकामा ११ हजार ४१६, रावाबेँसी गाउँपालिकामा ११ हजार २१८ र साकेला गाउँपालिकामा ९ हजार ३०७ जनसंख्या रहेको विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

१२ औं जनगणनाका क्रममा खोटाङमा गत ३० भदौदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरण र २५ कात्तिकदेखि ९ मंसिरसम्म मुख्य गणना गरिएको थियो । मुख्य गणनाका क्रममा जिल्लामा २९० गणक खटाइएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ३ : २५ बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण