नेकपा समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक असार १३ गते बस्ने | Khabarhub Khabarhub

नेकपा समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक असार १३ गते बस्ने


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक यही असार १३ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

उक्त बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए .

त्यसैगरी पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ ।

मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ ।

देशभरबाट करिब एक हजार ५०० सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : २८ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन