पार्टीभित्र व्यक्तिको मूल्याङ्कनमा बेवास्ता भएपछि विद्रोह गर्नु  पर्‍यो : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

पार्टीभित्र व्यक्तिको मूल्याङ्कनमा बेवास्ता भएपछि विद्रोह गर्नु  पर्‍यो : अध्यक्ष नेपाल


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र व्यक्तिको मूल्याङ्कनमा बेवास्ता भएपछि विद्रोह गर्नुपरेको बताएका छन्।

आइतबार काठमाडौँमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोह गर्न निकै गारो भएको समेत बताए।  विद्रोह गर्ने बेलामा आफ्नो पक्षमा केही अनुकूलता सिर्जना भएकाले सफल भएको उनले बताए। एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद नभए पनि त्यसपछि भने ओली दक्षिणवादी भाँसमा भासिन थालेको उनले स्मरण गरे।

अध्यक्ष नेपालले अहिले नयाँ पार्टी गठन गरेपछि छोटो समयमा नै लोकप्रिय भएको दाबी गरे । स्थानीय निर्वाचनमा मतपत्रमा कमजोरी हुँदा अधिकांश स्थानमा पार्टीले हार व्यहोर्नु परेको उनको भनाइ छ । आफ्नो पार्टीलाई अवमूल्यन र अपमान गरे पनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको भन्दै अध्यक्ष नेपालले केही समस्या भए छलफल गरेर अघि बढ्ने बताए। उनले अहिलेको उपलब्धिलाई सानो ठान्न नहुने बताए।

त्यस्तै अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै गर्नुपरेको जिकिर गरे।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : २९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६