११ महिनामा विभिन्न देशबाट १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो | Khabarhub Khabarhub

११ महिनामा विभिन्न देशबाट १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो ।

सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा नेपाल भित्रिएको छ । सोही समयमा १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुँइकटहर नेपालले आयात गरेको छ ।

पछिल्लो एघार महिनामा नेपालले ६ करोड ९१ लाख रुपैयाँको एभोकार्डो, ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँको आँप र अम्बा, १ अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४२ करोड ७० लाख १६ हजार रुपैयाँको अङ्गुर आयात गरेको छ ।

विभागको तथ्याङ्क अनुसार सोही समयमा ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँको खरबुजा, २३ करोड ४०लाख २ हजार रुपैयाँको मेवा, ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँका स्याउ र ६ करोड २२ लाख ६९ हजार रुपैयाँको किवी नेपाल भित्रिएको छ ।

बितेको एघार महिनामा १ अर्ब ९ करोड ३ लाख ९८ हजार रुपैयाँको अनार र ३ करोड ८७ लाख ६६ हजार रुपैयाँको लिची पनि नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : २५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने