आठबिसकोटमा खरको छाना विस्थापित गर्न जस्तापाता वितरण | Khabarhub Khabarhub

आठबिसकोटमा खरको छाना विस्थापित गर्न जस्तापाता वितरण


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ ।  नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।

नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याइएको बताए । आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छानामुक्त गर्न थालिएको केसीले बताए । नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ ।

अब नगरपालिकाले वडाअनुसार जस्तापाता वितरण गर्ने जनाएको छ । नगरपालिकाले खरका छाना भएका घरको संख्या भने पहिले नै संकलन गरिएको थियो । वडा १ मा ५० घरपरिवारलाई जस्तापाता वितरण गरिनेछ । वडा २ मा ४६ घरपरिवार, ३ मा ८७ घरपरिवार, ४ मा ४४ घर परिवारलाई वितरण गरिने कार्यालयले जनाएको छ ।

त्यस्तै, वडा ५ मा ५१ घरपरिवार, ६ मा ५५ घरपरिवार, ७ मा ४३ घरपरिवार, ८ मा ३६ घरपरिवारलाई र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा १० मा ७१ घरपरिवार, ११ मा ७२ घरपरिवारलाई, १२ मा ५८ घरपरिवार, १३ मा ४१ घरपरिवार र  १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ ।

अतिविपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानोमुनि जनता ल्याउने कार्यक्रम अन्तर्गत १३ करोड रुपियाँ बजेट विनियोजन गरिएको जनाएको छ । पहिलो चरणमा ९ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताको आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ५२ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको