बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने | Khabarhub Khabarhub

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले यसअघिको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो । मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा भएको विषयमा दलहरूबीच विवाद भएपछि मतदान रोकिएको थियो । आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्ट लगायतका तीन दिनभित्र हटाउन समेत गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

उनीहरूले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको भन्दै आयोगले उनीहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । जिम्मेवार कर्मचारी खटाई निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार बनाउन गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ८ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६