एयर होस्टेस विधामा ५५ जना दीक्षित     | Khabarhub Khabarhub

एयर होस्टेस विधामा ५५ जना दीक्षित    


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एयर होस्टेस एकेडेमीमामा अध्ययन गरेका ५५ जना एयर होस्टेस बिहीबार दीक्षित भएका छन् ।
सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले भनाई राखिन् ।
विमान परिचारिकालाई ग्ल्यामर तथा आर्कषक पेशा मानिन्छ । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको हुन्छ । त्यसैले यसको आकर्षण पनि बढ्दो छ ।
दीक्षान्त समारोहमा एकेडेमीका मुख्य प्रशिक्षक एवं नेपाल वायुसेवा निगमका सेवानिवृत्त वरिष्ठ एयर होस्टेस गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, व्यक्तित्व प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तले शुभकामना दिए ।कार्यक्रममा सम्पूर्ण दीक्षित विद्यार्थीलाई प्रमाणपत्रका साथै तथा हरेक ब्याचका उत्कृष्ट विद्यार्थीलाई मेडलसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ८ : ३१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०