अफगानिस्तानमा भएका चारवटा बम विस्फोटमा १६ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा भएका चारवटा बम विस्फोटमा १६ जनाको मृत्यु


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । यिमध्ये केही आक्रमणहरूको जिम्मा इस्लामिक लडकु समूहले लिएको अधिकारीहरूले जानकारी दिएका छन्  ।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ ।

उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसमा राखिएका तीनवटा बम विस्फोटमा परी १० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।  

यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनिबसमा बम रहेका बाल्ख प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताए ।

बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० मध्ये  तीन जना महिला समेत रहेको जनाएका छन् । विस्फोटमा  परी अन्य १५ जना घाइते भएका जनाइएको छ ।  

विस्फोटको केही घण्टापछि इस्लामिक समूहले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएका छन् । साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ ।

बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

बुधवारको बम विस्फोटबाट कुनै विशेष समुदायलाई लक्षित गरिएको हो कि भनेर अझै स्पष्ट हुन नसकेको जनाइएको छ ।

अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये केही आक्रमणको जिम्मा आइएस समूहले लिएको थियो ।

अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो ।

गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना श्रद्धालुको ज्यान  गएको थियो अन्य धेरै घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ३ : ०० बजे

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको