सरकारमाथि ओलीको आरोप- 'परराष्ट्र नीतिलाई सत्ता स्वार्थमा संकुचित गरियो' | Khabarhub Khabarhub

सरकारमाथि ओलीको आरोप- ‘परराष्ट्र नीतिलाई सत्ता स्वार्थमा संकुचित गरियो’


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा ओलीले भने, ‘सरकारले हाम्रो परराष्ट्र नीतिलाई असन्तुलित, आवेगपूर्ण र गठबन्धनको सत्ता स्वार्थमा संकुचित बनाएको छ।,’

परराष्ट्र नीतिमा सरकार चुकेको आरोप लगाएका ओलीले सन्धि सम्झौता गर्दा प्रमुख प्रतिपक्षी दललाई जानकारीसमेत सरकारले नदिएको आरोप लगाए । आफ्नै देशमा आफू जाँदा अनुमति लिएको बताउँदै उनले विदेशीमन्त्रीले अनुमति लिनुपर्दैन भन्दै प्रश्न गरे ।

‘मैले आफ्नै देशभित्र पनि इजाजत लिएर, प्रशासनसँग इजाजत लिएर म हुम्लाको दुर्गम ठाउँमा गएँ,’ उनले भने, ‘अनि विदेशीमन्त्री आएर अनुमति लिनुपर्छ कि पर्दैन ? इजाजत लिनुपर्छ भने कसरी लिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? छिमेक सम्बन्धको संवेदनशीलता बुझ्नु भएको छ कि छैन ?’

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ३६ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र