महशुल नतिरेपछि तुलसीपुर उपमहानगर कार्यालयको बिजुली काटियो | Khabarhub Khabarhub

महशुल नतिरेपछि तुलसीपुर उपमहानगर कार्यालयको बिजुली काटियो


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालय विद्युतविहीन भएको छ ।

कार्यालयको विदुत काटिएको २४ घण्टासम्म पनि लाइन जोडने प्रयास भएको छैन ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको भन्दै लाइन काटेको जनाएको छ ।

विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि मंगलबार बिहान उपमहानगरको कार्यालयको विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

सडक बत्ती र कार्यालयको गरी विद्युत बक्यौता रकम करिब एक करोड पुग्दा पनि उपमहानगरले विद्युत महशुल बुझाउन कुनै चासो नदेखाएपछि विद्युत लाइन काट्नुपरेको वितरण केन्दका प्रमुख ज्ञानबहादुर फर्सालले बताए ।

विद्युत महशुल रकम बुझाउन पटक–पटक पत्राचार गर्दा पनि उपमहानगरले कुनै प्रतिकृया नजनाएकाले बाध्य भएर लाइन काट्नुपरेको उनले बताए ।

‘हामीले पटक–पटक विद्युत महसुल बुझाउन पत्र मार्फत ताकेता गर्दै आएका थियौँ, उनले भने–‘उपमहानगरले कुनै पनि प्रतिकृया नदिएपछि बाध्य भएर विद्युत लाइन काट्नु परेको हो । समयमै महशुल बुझाइदिएको भए हामीलाई लाइन काट्नु पर्ने थिएन’ उनले भने, उपमहानगरपालिकाले कार्यालयको जरिवानासहित एकलाख ६० हजार बक्यौता छ । जुन ४ महिना देखिको हो ।’

सडकबत्तीको पनि जरिवानासहित झण्डै एक करोड हुन थालेको फर्सालको भनाइ छ । पालिकाले गत साउन महिनामा सडकबत्तीको ३० लाख महशुल बुझाएको भएपनि अझै ९० लाख बुझाउन बाँकी रहेको उनले बताए ।

केही समय पहिले सरकारी हिसाब मिलान हुँदा विद्युत रकम बुझ्न बुझाउन सजिलो भए पनि अहिले पुनः प्राधिकरणलाई सरकारी निकायहरूबाट विद्युत महशुल उठाउन गाह्रो भएको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले भने नियमित रूपमा विद्युत महशुल र्तिदै आएको बताएको छ । जनप्रतिनिधि नभएको मौका पारेर कर्मचारीलाई सास्ती दिने उद्देश्यले नियतबस विद्युत लाइन काटिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए ।

एक पटक पनि नसोधेर जानकारी बिना नै विद्युत लाइन काटिनु नियतवस देखिएको उनले बताए । उनले विद्युत महशुल बुझाउने, विद्युत लाइन काट्ने कटाउने विषयमा नीतिगत निर्णय गर्न जरुरी रहेको बताए । सडकबत्तीको विद्युत महशुल रकम उठाउने रणनीतिले कार्यालयको विद्युत लाइन काटिएको उनी बताउँछन् ।

केही समय पहिले पनि बसपार्कको विद्युत लाइन काट्दा तुलसीपुर बसर्पाकको तिर्नुपर्ने ८ लाख रकम मध्ये ३ लाख ठेकेदारले र ५ लाख नगरपालिकाले बुझाएको उनले बताए । पालिकाको पनि मिटर बक्स अनुसार बुझाउँदै आएको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ३५ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।