‘भूल भुलैया २’ नेटफ्लिक्समा आउने | Khabarhub Khabarhub

‘भूल भुलैया २’ नेटफ्लिक्समा आउने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’ केही दिनमा नै रिलिज हुँदैछ । 

अनिष बज्मी निर्देशित फिल्ममा कमेडी र हरर दृश्यको स्वाद दर्शकले पाउने छन् । यद्यपि हलमा रिलिज भएसँगै फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा रिलिज हुने भएको छ । नेटफ्लिक्सले महँगो रकममा फिल्म खरिद गरेकाले यसलाई छिट्टै नै डिजिटल रिलिज गर्ने चर्चा समेत बढ्दो छ । पछिल्लो समय हल रिलिज भएको केही समयमै ओटीटीमा फिल्म आउने क्रम बढ्दो छ । 

‘भूल भुलैया २’ मा कार्तिकसँगै कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ । हास्य-हरर जनराको यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’को सिक्वेल हो ।

उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिषा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो । यद्यपि सिक्वेलमा निर्देशकले नयाँ अनुहारलाई मात्र सिक्वेल लिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ४३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन