दक्षिण कोरियामा ८० हजार कोभिड संक्रमित थपिए | Khabarhub Khabarhub

दक्षिण कोरियामा ८० हजार कोभिड संक्रमित थपिए


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियामा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा रहेको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टाभित्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ ।

दक्षिण कोरियामा पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण रहेको पाइएको पनि समाचारमा जनाइएको छ ।

त्यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो ।

सोमबार मात्र यहाँ कोभिडका संक्रमित ८० हजार नाघेको बताइएको छ । तर पनि पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

संक्रमितहमध्ये ६१३ जनाको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ । अहिलेसम्म कोभिडबाट दक्षिण कोरियामा २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ३ : २९ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्