धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु  | Khabarhub Khabarhub

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु 


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा तीन जनाकै मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको छ । 

सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । 

ट्रक चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : २७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका