युक्रेनको तेल प्रशोधन केन्द्र ध्वस्त बनाएको रुसी सेनाको दाबी | Khabarhub Khabarhub

युक्रेनको तेल प्रशोधन केन्द्र ध्वस्त बनाएको रुसी सेनाको दाबी


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ- रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो। रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा ब्रिफिङमा रुसी सेनाले धेरै सैन्य क्षेत्रमा हमला गरेको जनाएको छ।

प्रवक्ता कोनासेन्कोभले भने, ‘रुसी सशस्त्र बलहरूले युक्रेनमा विशेष सैन्य कारबाही जारी राखेका छन्। लामो दूरीका हतियारहरूले क्रेमेन्चुक सहरको बाहिरी भागमा रहेको तेल प्रशोधन केन्द्र ध्वस्त पारेका छन्।’ रुसी फौजले युक्रेनका ५६ ओटा सैन्य आधारहरूमा हमला गरेको मस्कोले दाबी गरेको छ। यद्यपि, मस्कोको दाबी पुष्टि हुन बाँकी नै छ।

रुसले मारिओपोलमा रहेको एजोभस्टल स्टिल कारखानामा आक्रमण रोक्ने र त्यहाँबाट सर्वसाधारणलाई बाहिर निस्कन दिने बताएको छ। तर, युक्रेनले लिखित सुरक्षा सुनिश्चितताको माग गरेको छ।

यसैबीच, सो सहरबाट भागेका मानिसहरूले आफूहरूलाई एउटा प्रशोधन केन्द्रमा राखिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : १८ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन