बेलायतले युक्रेनलाई थप २० लाख पाउण्ड सहयोग गर्ने | Khabarhub Khabarhub

बेलायतले युक्रेनलाई थप २० लाख पाउण्ड सहयोग गर्ने


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतले युक्रेनलाई खाद्यान्न आपूर्तिका लागि थप २० लाख पाउण्ड सहयोग गर्ने भएको छ । बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक खाद्यान्नका लागि २० लाख पाउण्ड सहयोग गर्न लागेको जानकारी दिएको हो ।

बेलायतले रुसी सेनाको घेराबन्दीमा परेका युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्ति गर्न २० लाख उपलब्ध गराउने तयारी गरेको बेलायती विदेशमन्त्री लिज ट्रसले बताइन् ।

मन्त्रालयका अनुसार हाल युक्रेनमा १ करोड २० लाख भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ । यद्यपि मानवीय सहायताको खाँचो भएका मानिसहरूको वास्तविक संख्या अझ बढी हुन सक्ने बताइएको छ ।

‘अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न पोल्याण्ड र स्लोभाकियाका भण्डारण केन्द्रहरू तयारी अवस्थामा छन् । त्यसपछि लगभग २५ ट्रक लोड माल सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ ।’ विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता त्यहाँ अत्यन्त खराब मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जारी रुसी आक्रमणले एक महिना नाघ्दै गर्दा दशौं लाख मानिसहरू शरणार्थी बन्न बाध्य भएका छन् भने अरु कैयौँ आन्तरिक रुपमा विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : १० बजे

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु